काँग्रेस संसदीय दलको प्रदेशसभा विधान पारित

Congress (1)

काठमाडौँ । नेपाली काँग्रेसले ‘प्रदेशसभा नेपाली काँग्रेस संसदीय दलको विधान, २०७४’ पारित गरेको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पार्टीको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले प्रदेशसभा काँग्रेस संसदीय दलको विधान संशोधनसहित पारित गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए । 

नेपालको संविधानअनुसार मुलुकमा पहिलोपटक प्रदेशसभाको निर्वाचन भएपछि प्रदेशमा संसदीय दल कार्यसमिति गठन गर्न उक्त विधान आवश्यक भएकाले तत्काल पारित गर्नुपरेको पार्टी कार्यालयले जनाएको छ । 

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा भएको बैठकमा पार्टीका शीर्ष नेतासहित केन्द्रीय सदस्य उपस्थित थिए । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...