गोरखालाई विकासमा नमूना बनाउँछौँ : डा भट्टराई

Baburam bhattarai

गोरखा । नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले गोरखालाई विकासमा नमूना बनाउने बताएका छन् । 

ऐतिहासिक, धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण रहेको गोरखामा विकासका पूर्वाधार खडा गरेर नमूना जिल्ला बनाउने प्रण भट्टराईको छ । 
गोरखाको मानव सेवा आश्रमले गरेको स्वागत तथा सम्मान कार्यक्रममा शुक्रवार उनले स्थानीय, प्रदेश र केन्द्रीय तहमा निर्वाचित जनप्रतिनिधिहरु मिलेर गोरखा विकासमा साझा योजना बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । साथै मानव सेवा आश्रमलाई सांसद अवधि पाँच वर्षसम्म मासिक रु दुई हजारका दरले आर्थिक सहयोग गर्ने घोषणा भट्टराईले गरेका छन् । 

आश्रमले बेसहारा, अपांग तथा अनाथलाई सडकबाट उद्धार गरी आश्रममा आवासीय सुविधा दिएर राखेको छ भने १८ जना बालबालिकालाई आवासीय सुविधा दिएर शिक्षा दिएको छ । 

यस्तै प्रदेश सांसद तथा नयाँ शक्तिका नेता हरिशरण आचार्यले पनि मासिक रु एक हजार आश्रमलाई सहयोग गर्ने बताउनुभयो । आश्रमका संरक्षक डा गोविन्द टण्डनले नेपाललाई मानवताको सहर बनाउने अभियान जारी रहेको जानकारी दिए । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...