ओलीबाट शुरु भएको मोदी दुत सुष्माको दौडधुप देउवा भेटेपछि सकियो
काठमाडौं । शुक्रबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटेपछि भारतीय विदेशमन्त्री सुष्मा स्वराजको यसपटकको नेपालको दौडधुप सकिएको छ ।
उनलाई प्रधानमन्त्री देउवाले सरकारी निवास बालुवाटारमा दिवाभोज दिएका थिए । देउवासँगको भेटवार्ता र दिवाभोजपछि उनी अाज नै स्वदेश फर्किनेछिन् ।
बिहीबार नेपाल आएकी उनले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट राजनीतिक भेटवार्ता शुरु गरेकी थिइन् । बिहीबार साँझ एमालेले उनलाई काठमाडौंको होटल सोल्टीमा रात्रीभोज दिएको थियो । त्यहीँ एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग एक्लै र एमालेका अरु नेताहरुसँग स्वराजले सामूहिक भेट गरेकी थिइन् ।
शुक्रबार विहान भने स्वराजले पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेकी थिइन् । उनले शुक्रबार नै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग पनि भेट गरिन् ।
शुक्रबार नै उनले शितलनिवास पुगी राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गरेकी छन् ।
प्रतिकृया दिनुहोस