शेरबहादुरको ग्राण्ड प्रिमियर सम्पन्न, फिल्मलाई सबैबाट वाही वाही

Sherbahadur premier

काठमाडौँ । यो शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘शेरबहादुर’को बुधबार राजधानीमा रेड कार्पेट प्रिमियर गरिएको छ ।

कुमारी हलमा सम्पन्न सन्ध्याकालिन प्रिमियर शो मा दर्जन बढि फिल्मकर्मी, मिडियाकर्मी तथा भिन्न भिन्न क्षेत्रसँग सम्बन्धित बिसिष्ट व्याक्तित्वहरुले फिल्म हेरे । नाम चलेका भेट्रान कलाकारहरुको प्रिमियर जमघटले माहोल गर्माएको थियो ।

फिल्म हेरिसकेपछि धेरै फिल्मकर्मी तथा मिडियाकर्मीहरुले सकारात्मक प्रतिक्रिया दिएका छन् । हाँस्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले सुनिल थापाको अभिनयको तारिफ गरे । सँगसँगै फिल्मले उठाएको विषयवस्तु तथा अन्य कलाकार रविन्द्र झा र मेनुका प्रधानको पनि खुलेर तारिफ गरे ।

यस्तै अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले फिल्मप्रति सकारात्मक प्रतिक्रिया व्यक्त गरिन् ।अभिनेत्री करिश्मा मानन्धरले जुन अपेक्षा लिएर हलमा छिरेको त्यो भन्दा माथी धेरै उत्कृष्ट पाएको प्रतिक्रिया फिल्मलाई पोखिन् त्यस्तै कलाकार किरण केसीले ‘थ्रिलर’ जनराको फिल्ममा सुनिल थापाले निभाएको भुमिकालाई ‘डेञ्जर’ भने । अभिनेता पल शाहले फिल्मले पछिल्लो पटक रिलिज आम फिल्मको तुलनामा फरक स्वाद पस्केको बताए ।

समिक्षकहरुले पनि फिल्मलाई राम्रो प्रतिक्रिया दिएका छन् । केहि कमी कमजोरीबाट बाहिर निस्किँदा फिल्मले उठाएको विषयवस्तु र यसको प्रस्तुती दर्शकको चाहना अनुसारको भएको तर्क फिल्ममाथी गरिएको छ ।

सुनिल थापा, मेनुका प्रधान, कर्मा शाक्य, रविन्द्र झा, जान्वी बोहरा लगायतका कलाकारले निभाएको भुमिकालाई धेरै दर्शकले तारिफ गरेका छन् । निर्देशक आर राजवंशी तथा क्रियटिभ निर्देशकको भुमिका निभाएका प्रदिप भट्टराईको कामलाई पनि दर्शकले तारिफ गरे ।

शुक्रबारबाट दर्शक समक्ष आउने फिल्मलाई मल्टिप्लेक्स तार्गेटेड भनिएको छ, फिल्मलाई मल्टिप्लेक्स दर्शकले मन पराउने विश्वास निर्माण टिमको छ । भोली शुक्रवार बाट फिल्म देशभर रिलिज हुदैछ । फिल्मलाई राजधानीमा गोपालकाजी कायस्थ र राजधानी बाहिर एफडि कम्पनीले वितरण गदैछन् ।



ट्रेलर रिलिज बिना नै रिलिजको तयारीमा रहेको फिल्मलाई धरानमा खिचिएको छ । गौरिशंकर धुँजु र धिरज राजवंशी निर्माता रहेको फिल्मलाई दिर्घ गुरुङ र निर्णय जिसीले खिचेका हुन् । प्रमोद क्षेत्रीले लेखेको कथामा तयार फिल्मलाई निमेश श्रेष्ठले सम्पादन गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आजदेखि निर्वाचन आचारसंहिता लागू, को कसलाई लागू हुन्छ आचारसंहिता ?

Election acharsanghita

काठमाडौं । आगामी यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता ल...