काम चलाउ सरकाले देश आर्थिक संकटमा फसाउने र सञ्चित रकम सिध्याउने काम गर्न मिल्दैन : नेता रावल

Bhim rawal

अछाम । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले वर्तमान सरकारले जनताको हितविपरीत स्वेच्छाचारी र मनपरी ढंगले निर्णय गरिरहेको आरोप लगाएका छन् । 

नेपाल प्रेस चौतारी जिल्ला शाखले साफेबगरमा शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको निर्णय भावी सरकारले पुनःविचार गर्ने बताए । 

कामचलाउ सरकारले नियमविरीत गरेका निर्णय भावी सरकारका लागि मान्य नहुने चेतावनी दिंदै उपाध्यक्ष रावलले सामाजिक सुरक्षा भत्ता र भूकम्पपीडितको राहतसम्बन्धी निर्णय देश कङ्गाल बनाउने कदम भएको टिप्पणी गरे । 

“काम चलाउमा परिणत भइसकेको र जनादेश गुमाइसकेको वर्तमान सरकारलाई त्यस्ता निर्णय गर्ने अधिकार छैन।” उनले भने, “सरकारमा रहिरहन जालझेल र अनेकौ तिकडम गर्ने र त्यो सफल नभएपछि देशलाई नै कङ्गाल बनाउने गरी आर्थिक संकटमा फसाउने र सञ्चित रकम सिध्याउने लगायतका क्रियाकलाप गर्न मिल्दैन ।” 

प्रधानमन्त्री देउवाले प्रदेशको राजधानी तोक्ने सवालमा, नागरिकमा भ्रम सिर्जना गरेको आरोप लागाउँदै उपाध्यक्ष रावलले सरकारले गठन गरेको विज्ञ टोलीबाट तयार पारिएको प्रतिवदेन सार्वजनिक नगरेर अस्थायी मुकाम तोक्नु उचित थिएन भने। 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...