आर्टुडियो लिटलपिकासो दशौं संस्करण : विन्टर आर्ट क्याम्प २०१८

Artudio little picasso

काठमाडौँ । हरेक वर्ष झै आर्टुडियोको आयोजनामा गत पुस २० देखि २९ सम्म“लिटलपीकासो १०औं श्रृंखला विन्टर आर्ट क्याम्प २०१८”भयो जाडो विदा मनाइरहेका बालबाललिकाहरु आर्टुडियोे उक्त कला क्याम्पमा सहभागि भई कलाकारहरु कैलाश के श्रेष्ठ, गोपाल कला पे्रमी श्रेष्ठ, सुजन डंगोल, कविराज लामा र फोटोग्राफर छेमी दोर्जे लामा सँग १० दिन सम्म रमणिय वातावरणमा साधनारत भए र अत्यन्तै सृजनात्मक कला कृतिहरु सृजना गर्न भ्याए ।

उक्त कला क्याम्पमा सृजना गरिएको कला कृतीहरुको प्रदर्शनी अहिले स्वयम्भू, छाउनी हस्पिटल सडक स्थित आर्टुडियो प्राङ्गणमा भइरहेको छ । हरेक दिनको फरक कला गतिविधिमा अनुभव गर्दै गर्दाको अनुभव बाँढ्दै बालकलाकार विभास श्रेष्ठ आफ्नो अनुभव यसरी बाँड्छन्, आर्टुडियो को लिटलपिकासो क्याम्पमा आएर मैले कलाको यति धैरै आयामहरुको अनुभव गर्न पाएकि, मेरो दश दिनको आर्ट क्याम्पएकदमै फलदायी भयो ।

त्यस्तै अर्का बालकलाकार प्रत्युसा बस्नेत आफ्नो अनुभव बाढ््दै यसो को अनुभव गर्न पाएकि, मेरो दश दिनको आर्ट क्याम्प एकदमै फलदायी भयो । त्यस्तै अर्का बालकलाकार प्रत्युसा बस्नेत आफ्नो अनुभव बाढ्दै यसो भन्छिन्, ‘मलाई यस्तो  लाग्थ्यो हामीले बनाउने कला दुरुस्त हुनुपनर््े’, मलाई यस्तो  लाग्थ्यो हामीले बनाउने कला पेनसिल वा पेन्टिङ को माध्यामबाट मात्र बनाउनु पर्छ र दुरुस्त हुनुपर्छ तर आर्टुडियो क्याम्पमा आएपछि यति धरै कलाको माध्याम र आयाको बारेमा मात्र होइनकी मैले सोचेको र भोगेको कुरा पनिकलाको माध्यामबाटअभिब्यतmगर्न सकिने रहेछ मलाई यो लिटलपीकासो क्याम्प मेरो जिबनको एक महत्वपूर्ण सम्झना स्वरुप रहनेछ ।
३३ जना बालकलाकारहरु तुसिता मास्के, प्रितिका गुरुङ्ग, विराट श्रेष्ठ, आयन श्रेष्ठ, नोलनशिल शाक्य, सार्थक बज्राचार्य, सक्षम बज्राचार्य, विभास श्रेष्ठ, समिर श्रेष्ठ, सुस्मीन श्रेष्ठ, विभूति महर्जन, श्रेयश कुमार श्रेष्ठ,, प्रणभराज शाक्य, प्रिसा थापा, प्रत्यासा बस्नेत, तनुष ढकाल, संयम प्रधान, पल्पसा महर्नन, चिराग अग्रवाल, नित्या अधिकारी, सम्भव श्रेष्ठ, वैभव श्रेष्ठ, आयाना खान, सिरिन्या तुलाधर, पुजय श्रेष्ठ, निया श्रेष्ठ, अस्ट्रिना गिरी, प्राग सिग्देल, स्वस्तिक मानन्धर, शिक्षिता पौडेल, रिपब्लिका गौतम, सार्थक श्रेष्ठ, दिया महर्जन, ज्योति महर्जन र जेनिसा श्रेष्ठको सहभागितामा भएको उक्त कला क्याम्पमा कलाका विविधपक्ष, आयाम, शैली र माध्यामको परिचय गराउदै र बालबालिकाहरुको मनोभाव बुझ्दै कला सृजनामा समाहित गरिएको थियो ।
कलाकार तथा आर्टुडियोका संस्थापक कैलाश के श्रेष्ठ भन्छन्, ‘यो लिटिलपीकासो कलाक्याम्पमा हामी साना साना बालकलाकारहरुको लागि एउटा सृजनात्मक मञ्च प्रदान गर्छौ,’ जहाँउनीहरुको सोच, विचार, भावना र कल्पनाले कलात्मक स्वरुप पाओस् ।ख्याती प्राप्त र समसामयिक विषय वस्तुमा कला सृजना गरिरहेका कलाकार हरु सँगको प्रत्यक्ष सहभागितामा संचालन हुने उक्त क्याम्पमा हामी बच्चाहरुलाई सिकाउने भन्दा पनि सृजनात्मक हुन सघाउने काम गर्छाैं । कला यो हो भनेर भन्नभन्दा पनि कला यसरी पनि बनाउन सकिन्छ भनेर त्यस उन्मुख गराउँछौं ।







प्रतिकृया दिनुहोस

साताको लोकपृय

चियाँसँग कविता कार्यक्रमको नवौं श्रृंखला सम्पन्न, सर्जकको चासो बढ्दै

Chiyasang kabita 9 1

धनकुटा । चियाँसँग कविता कार्यक्रमको नवौं श्रृंखला आज धनकुटामा सम्पन्न भएको छ । धनकुटाकै पहिलो सा...