स्थानीय तहमा विकासका नाममा राजनीतिक प्रभाव भयो भने विकास हुन सक्दैन : नेपाल

काठमाडौँ । स्थानीय तहको विकासमा राजनीतिक प्रभाव पार्न नदिन नेताहरूको सुझाव छ ।
जिल्ला समन्वय समिति महासंघले आयोजना गरेको राष्ट्रिय परिषद् बैठक उद्घाटनका अबसरमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले स्थानीय तह बलियो भए मात्र मुलुकको विकास हुने भएकाले स्थानीय तहलाई बलियो बनाउन सबै राजनीतिक दल एकजुट हुुनुपर्ने बताए । ‘स्थानीय तहमा विकासका नाममा राजनीतिक प्रभाब भयोभने विकास हुन सक्दैन’ उनले भने ।
स्थानीय तहमा गएको बजेट दुरुपयोग नगर्न आग्रह गर्दै नेता नेपालले भने, ‘देशको विकासका लागि बजेटको अधिकतम प्रयोग कसरी हुन सक्छ भन्नेबारेमा सबैले सोच्नुपर्छ ।’
नेकपा (एमाले)का नेता अग्नि खरेलले संविधानले राज्यको संरचनालाई तीन तहमा बाँडफाँड गर्दा जिल्ला समन्वय समिति महासंघलाई स्थानीय तहमा राखिएकाले यसलाई बलियो नबनाई स्थानीय तहको विकास हुन नसक्ने उल्लेख गरे । ‘तीन तहको निर्वाचनसँगै मुलुक नयाँ युगमा प्रवेश गरेको छ, अब मुलुकको विकासमा लाग्नु सबैको दायित्व हो’,– उनले भने ।
नेपाली काँग्रेसका नेता रामहरि खतिवडाले संविधान मान्दैनौँ भन्ने दललाई समेत निर्वाचनले एक ठाउँमा ल्याएको छ भन्दै जनतालाई लोकतन्त्र आएको अनुभूति दिलाउने गरी महासंघले काम गर्नुपर्छ भने ।
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले संविधान कार्यान्वयनका लागि स्थानीय तहको महत्वपूर्ण भूमिका भएकाले स्थानीय तह सञ्चालनका लागि चाहिने कानून र नियमावली चाँडो निर्माण गर्नुपर्नेमा जोड दिए ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सहसचिव पुरुषोत्तम नेपालले स्थानीय क्षेत्रमा गएको बजेटको सही सदुपयोग हुनेगरी खर्च गर्न आग्रह गरे ।
महासंघका अध्यक्ष ऋषिराज लम्साल, राज्य पुनःसंरचना आयोगका अध्यक्ष बालानन्द पौडेल, महासंघका पूर्व महासचिव डा श्याम भुर्तेललगायतले स्थानीय तहको विकास नभएसम्म मुलुकको विकास नहुने भन्दै स्थानीय तहमुखी कार्यक्रम बनाउनुपर्नेमा जोड दिए ।
सम्बन्धित समाचार
माओवादी नेता दिनानाथ शर्मासहितको टोली चीनमा
नेकपा माओवादी केन्द्रका नेता एवम पूर्व मन्त्री दिनानाथ शर्मा नेतृत्वको टोली चीन भ्रमणमा गएको छ । ...
राजावादी आन्दोलन : राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रसहित १७ जना पक्राउ
काठमाडौं । काठमाडौंको तीनकुनेलगायत क्षेत्रमा राजावादीको आन्दोलनका क्रममा ठूलो जनधनको क्षति पुर्य...
प्रचण्ड, नेपाल, यादव,’विप्लव’सहित ४ नेताले सम्बोधन गर्ने
काठमाडौं । समाजवादी मोर्चाको जनसभामा शिर्ष चार नेताले मात्रै सम्बोधन गर्ने भएका छन् । जसअनुसार म...
नेकपा एमाले धनकुटा नगरले सक्यो १० वटै वडा कमिटीको दोस्रो अधिवेसन
धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले धनकुटा नगर कमिटीका १० वटै वडाको दोस्रो अधिवेसन सम्पन्...
शेरबहादुर देउवा भन्छन्, ६ महिनामै सरकारको मुल्यांकन गर्नु ठीक हुँदैन
काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सभापतिसमेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ...
संसदमा प्रधानमन्त्रीले भने, ‘शान्तिरानीको गीतले ढलेँ-ढलेँ, भन्ने गीत पार्टी उत्सवमा सुहाउला, राजनीतिमा त्यति सुहाउँदैन’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी टुक्र्याउने जस्तो खुद्रे कुराहरु यो सरकारको मेनु...
कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन
धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...
प्रतिकृया दिनुहोस