काली भन्या छैन भन्दै पुष्प र भावनाको अनस्क्रिन रोमान्स

Pushpa n kamala news pic 4

काठमाडौँ । काली भन्या छैन मैले गीत सार्वजनिक भएको छ । मोडल पुष्प खड्का र भावना राईलाई फिचरिङ् गरिएको काली भन्या छैन मैले गीतको भिडियो सार्वजनिक भएको हो ।

हिमाल सागरले गाएको गीतको भिडियोमा मानिसले कतिपय अवस्थामा जानेर या नजानेर पनि गल्ती गर्ने गरेका हुन्छन् । यस्ता गल्तीहरु मान्छेले मान्छेलाई गर्ने सम्बोधनमा पनि हुने गरेका हुन्छन् ।

त्यस्तो सम्बोधनमा अर्को व्यक्तिले चासो लिएन भने त ठिकै हो तर अर्को व्यक्ति रिसाई दियो भने चाहीँ खुलेर स्पष्टीकरण नदिई सुखै पाईंदैन । यस्तै एउटा बाध्यताको सामना गरेको देखाउँन खोजिएको छ ।

व्यस्त गायक तथा सङगीतकार ताराबीर पाण्डेको सङ्गीत तथा सर्जक दिलीप घिमिरेको शब्दमा तयार गरिएको उक्त गीतको भिडियो ओएसआर डिजिटलको युट्युवबाट सार्वजनिक भएको छ । गीतको एरेञ्ज बिनोद रसाईंलीले गरेका हुन् ।

जनकराज अधिकारीको छायाँकनमा राघव आचार्यले निर्देशन गरेको भिडियोको सम्पादन तुलसी बाँस्कोटाले गरेका हुन् । अडियोको रेकर्डिङ सहित भिडियोको बजार व्यवस्थापन स्डुडियो यमनले गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

चियाँसँग कविता कार्यक्रमको नवौं श्रृंखला सम्पन्न, सर्जकको चासो बढ्दै

Chiyasang kabita 9 1

धनकुटा । चियाँसँग कविता कार्यक्रमको नवौं श्रृंखला आज धनकुटामा सम्पन्न भएको छ । धनकुटाकै पहिलो सा...