बलिउडमा जम्दै अछामका चन्दु ताम्राकार

Tamrakar

मुम्बई । एक बर्ष अघि नेपाली संगित क्षेत्रमा उदाएका अछाम रामारोश गाउपालिका वडा नम्बर ५ नेटाकोटका चन्दु ताम्राकार अब बलिउडमा उदाउन थालेका छन् ।

सुगन्ध ३ एल्बमको ‘सुनन यो मनको कुरा’ बोलको पप गितको म्युजिक भिडियोमा अभिनय गरेका चन्दु ताम्राकार अब बलिउड पनि देखिने भएका हुन् ।

नेपाली संगित क्षेत्रमा राम्रो छबि बनाउन सफल चन्दु ‘सपने जो मेने’ नामक हिन्दी गितको म्युजिक भिडियो लिएर पहिलो पटक बलिउडमा देखिन लागेका हुन् ।

चर्चित गायक ओम सुनारको लय,शब्द तथा स्वरमा सजिएको म्युजिक भिडियोमा चन्दुसँगै सुस्मिता तिरुवा समेत प्रमुख भुमिकामा देखिने भएकी छन् ।

भिडियोको नेपाली चलचित्र क्षेत्रका चर्चित निर्देशक भुवन कटुवालले निर्देशन गरेका छन् । म्युजिक भिडियो काठमाडौँ उपत्यका क्षेत्रमा छायाकंन गरिएको हो ।

भिडियो अब छिट्टै बजारमा आउने कलाकार चन्दुले बताए । उनी काठ्माडौँबाट म्युजीक भिडियोको सम्पूर्ण काम सकेर म्युजीक भिडियो रिलिज गर्न मुम्बै आएको बेला कुराकानिको क्रममा आफुले नेपाली कलाकारिता क्षेत्रमा जसरी सफलता पाएको छु त्यसैगरी बलिउडमा पनि सफलता पाउने ठूलो अपेक्षा रहेको समेत बताए ।
पछिल्लो समय विभिन्न खाले म्युजीक भिडियो बनाउने कलाकारहरुको होड चलेकै बेला आफुलाई एक सक्षम कलाकार बनाउन दर्शकहरुको ठूलो भुमिका रहेकोले दर्शकहरुलाई धन्यवाद दिनुका साथै दर्शकहरुको इच्छा अनुसारका गितहरु आगामी दिनमा लिएर आउने प्रेरणा प्रदान गर्नका लागि अनुरोध समेत गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

चियाँसँग कविता कार्यक्रमको नवौं श्रृंखला सम्पन्न, सर्जकको चासो बढ्दै

Chiyasang kabita 9 1

धनकुटा । चियाँसँग कविता कार्यक्रमको नवौं श्रृंखला आज धनकुटामा सम्पन्न भएको छ । धनकुटाकै पहिलो सा...