आर्थिक विकासमा सुनचाँदी क्षेत्रको भूमिका महत्वपूर्ण

Neeta

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले जनताको जनादेशअनुसार काँग्रेस प्रतिपक्षमा बस्ने बताए ।

काठमाडौँ सुनचाँदी व्यवसायी संघले आज यहाँ आयोजना गरेको ‘प्रतिनिधि तथा प्रदेशसभामा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान’ कार्यक्रममा उनले काँग्रेस प्रजातान्त्रिक पद्धतिमा विश्वास गर्ने पार्टी भएकाले जनादेशलाई स्वीकार गर्ने बताएको हो । ‘प्रजातान्त्रिक पद्धतिअनुसारको भएको निर्वाचनको नतिजा स्वीकार्नुपर्छ’ उनले भने ।

काठमाडौँ सुनचाँदी व्यवसायी संघको सल्लाहकारसमेत रहेका नेता सिंहले मुलुकको आर्थिक विकासमा सुुनचाँदी क्षेत्रको महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।

रक्षामन्त्री भीमसेनदास प्रधानले संविधानले व्यवस्था गरेअनुसार नै सरकारले सत्ता हस्तान्तरण गर्ने बताए ।

‘राष्ट्रियसभाको निर्वाचनपछि संघीय संसदले पूर्णता पाउने हुँदा राष्ट्रियसभाको निर्वाचनपछि सत्ता हस्तान्तरण गर्छौं,’उनले भने ।राष्ट्रियसभाको निर्वाचन गराउनेबारेमा सरकारले निर्वाचन आयोगसँग छलफल गरिरहेको उनको भनाइ थियो ।

नवनिर्वाचित प्रदेशसभा सदस्य केशव स्थापितले समयको आवश्यकताअनुसार ऐनमा सुधार गरेर आफ्नो व्यवसायलाई सुरक्षित गर्न व्यवसायी लाग्नुपर्ने बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...