यी हुन माओवादी केन्द्रबाट सिफारिश प्रदेशसभातर्फका ३५ जना सांसदहरु

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)ले प्रदेशसभातर्फ ३५ जनाको नाम सिफारिश गरेको छ । माओवादी केन्द्रको केन्द्रीय कार्यालयको आज बसेको बैठकले प्रदेशसभातर्फ समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतका सदस्यको चयन गरेको हो । पार्टीले प्रदेश नं १ र २ मा पाँच पाँच, प्रदेश नं ३ मा आठ, प्रदेश नं ४ मा तीन, प्रदेश नं ५ मा छ तथा प्रदेश नं ६ र ७ मा चार चार उम्मेदवारलाई प्रदेशसभाको समानुपातिक सांसदमा सिफारिश गरेको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार प्रदेश नं १ मा सीता थेवे, कुसुमकुमारी श्रेष्ठ, सौभाग्य राई, सरस्वती पोखरेल र उमिता विश्वकर्मालाई प्रदेशसभा सांसदमा सिफारिश गरिएको छ ।
यस्तै प्रदेश नं २ का लागि जगतप्रसाद यादव, महम्मद समीर, रुविकुमारी कर्ण, प्रमिलाकुमारी यादव र फुलियादेवी सदालाई चयन गरिएको छ । प्रदेश नं ३ का लागि दिनेश महर्जन, आङ्देण्डी लामा, ओम घलान, हिमाली गोले, प्रतिमा श्रेष्ठ, सीता अधिकारी, भावना सुवेदी र कञ्चन खनाललाई सिफारिश गरिएको छ ।
माओवादी केन्द्रका अनुसार प्रदेश नं ४ का लागि गायत्री गुरुङ, मधु अधिकारी (गुरुङ) दिलमाया रोका मगर (गौतम) लाई चयन गरिएको छ । प्रदेश नं ५ का लागि गीता थापा, दामाकुमारी शर्मा, पार्वती पुन (गहतराज), लौटी थारु, दीपा विक, सुष्मा यादव सिफारिश भएका छन् ।
त्यसैगरी प्रदेश नं ६ का लागि पुष्पा घर्ती विष्ट, सीताकुमारी नेपाली, विमला केसी र कृष्णा शाह सिफारिशमा पर्नुभएको छ । नेपाली र केसी माओवादी केन्द्रका तर्फबाट तत्कालीन संविधानसभा सदस्यसमेत हुनुहुन्थ्यो । माओवादी केन्द्रले प्रदेश नं ७ मा निर्मला बडाल (जोशी), कुन्ती जोशी, विनिता चौधरी र शान्ति नेपाली प्रदेशसभा सांसदका लागि सिफारिश गरेको छ ।
पार्टीले अधिकांश प्रदेशमा महिलालाई सिफारिश गरेको छ । संविधानको मर्मअनुसार ३३ प्रतिशत महिला प्रतिनिधित्व मिलाउनैपर्ने बाध्यकारी व्यवस्थाका कारण कूल ३५ जनामा पाँच जना मात्रै पुरुष सिफारिशमा परेका छन् । प्रदेश नं २ मा दुई र प्रदेश नं ३ मा तीन पुरुष सिफारिशमा परेका छन् । गत मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रदेशसभातर्फ माओवादी केन्द्रका ७४ जना प्रत्यक्ष निर्वाचन प्रणालीबाट विजयी भएका थिए ।
निर्वाचन आयोगले आजसम्म प्रदेशसभाका लागि समानुपातिकतर्फको उम्मेदवारको नाम बुझाउन समय दिएको थियो । सोही समयभित्रै आयोगलाई उम्मेदवारको नाम बुझाइएको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।
सम्बन्धित समाचार
माओवादी नेता दिनानाथ शर्मासहितको टोली चीनमा
नेकपा माओवादी केन्द्रका नेता एवम पूर्व मन्त्री दिनानाथ शर्मा नेतृत्वको टोली चीन भ्रमणमा गएको छ । ...
राजावादी आन्दोलन : राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रसहित १७ जना पक्राउ
काठमाडौं । काठमाडौंको तीनकुनेलगायत क्षेत्रमा राजावादीको आन्दोलनका क्रममा ठूलो जनधनको क्षति पुर्य...
प्रचण्ड, नेपाल, यादव,’विप्लव’सहित ४ नेताले सम्बोधन गर्ने
काठमाडौं । समाजवादी मोर्चाको जनसभामा शिर्ष चार नेताले मात्रै सम्बोधन गर्ने भएका छन् । जसअनुसार म...
नेकपा एमाले धनकुटा नगरले सक्यो १० वटै वडा कमिटीको दोस्रो अधिवेसन
धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले धनकुटा नगर कमिटीका १० वटै वडाको दोस्रो अधिवेसन सम्पन्...
शेरबहादुर देउवा भन्छन्, ६ महिनामै सरकारको मुल्यांकन गर्नु ठीक हुँदैन
काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सभापतिसमेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ...
संसदमा प्रधानमन्त्रीले भने, ‘शान्तिरानीको गीतले ढलेँ-ढलेँ, भन्ने गीत पार्टी उत्सवमा सुहाउला, राजनीतिमा त्यति सुहाउँदैन’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी टुक्र्याउने जस्तो खुद्रे कुराहरु यो सरकारको मेनु...
कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन
धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...
प्रतिकृया दिनुहोस