पूर्वमन्त्री ढकालले हिमालयन जाभा कफीको उद्घाटन
काठमाडौं । पूर्व शान्ति तथा पुनर्निर्माण मन्त्री एकनाथ ढकालले हिमालयन जाभा कफीको २९ औं शाखाको नयाँ बानेश्वरमा उदघाटन गरेका छन् ।
१९९९ मा सुरु भयको हिमालयन जाभाले नेपालबाहेक भुटान, थाईल्याण्ड, क्यानाडा, अमेरिका, अस्ट्रेलिया लगायतका देशमा शाखा छ ।
सोमबार क्याफेको सुभारम्भ गर्दै ढकालले हिमालयन जाभालाई स्वस्थकर, ताजा र स्वादिष्ट गुण भएको नेपाली उत्पादनको उत्कृष्ट अन्तर्राष्ट्रिय मापदण्डको कफीको रुपमा विकास गर्नुपर्ने बताए । ढकालले हिमालयन जाभा कफीले अन्तर्राष्ट्रिय क्षेत्रमा पनि नेपालको प्रबद्धन गरेकोमा प्रशंसा गरे ।
हिमालयन जाभा कफीले झण्डै ३ सय जनालार्य रोजगारी दिएको सस्थापक गगन प्रधानले बताए । गगन प्रधान र आनन्द गुरुङ संस्थापक हुन् ।
प्रतिकृया दिनुहोस