अपेक्षाअनुसार वैदेशिक सहायताको सोधभर्ना प्राप्त भएन

काठमाडौँ । वैदेशिक आर्थिक सहायता प्रभावकारीरुपमा परिचालन नहुँदा अपेक्षाअनुसारको सोधभर्ना प्राप्त गर्न सकिएको छैन । वैदेशिक सहायता प्राप्त आयोजनाले अपेक्षित गति नलिँदा दातृ निकायले दिएको रकम परिचालन नभएको हो ।
अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख तथा सहसचिव वैकुण्ठ अर्यालका अनुसार चालू आर्थिक वर्षको पाँच महिनामा रु १८ अर्ब सोधभर्ना भएको छ ।
सरकारले चालू आवको बजेटमा रु ७२ अर्ब १६ करोड ७६ लाख २८ हजार वैदेशिक अनुदान र रु दुई खर्ब १४ अर्ब तीन करोड ५४ लाख २९ हजार वैदेशिक ऋण जुटाउने उल्लेख गरेको थियो । वैदेशिक सहायतामा निर्भर सिँचाइ, जलविद्युत्, सडकपूर्वाधार आयोजनाले गति लिन नसक्दा अपेक्षित शोधभर्ना लिन नसकिएको सहसचिव अर्याल बताउछन् ।
मंसिरसम्ममा रु ९९ अर्ब ३७ करोड वैदेशिक सहयोगको प्रतिबद्धता प्राप्त भएको छ भने त्यसमध्ये रु ९४ अर्ब १८ करोड २० लाख सम्झौता भएको अर्थ मन्त्रालयले जनाएको छ । सरकारले अन्तर्राष्ट्रिय आर्थिक सहायता राष्ट्रिय आवश्यकता र प्राथमिकतामा परिचालन गर्ने बताएको थियो । संघीयता अनुकूल हुने गरी विकास सहायता पहिचान गर्ने विधि तय गरी कार्यान्वयन गरिने बजेटमा उल्लेख गरेको थियो ।
सम्बन्धित समाचार
कोशी प्रदेश सरकारद्धारा ३५ अर्ब ८७ करोड १९ लाख रुपैयाँको बजेट सार्वजनिक
वराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३५ अर्ब ८७ करोड १९ लाख रुपैयाँको ...
उद्योग वाणिज्य महासंघको विधान संशोधन, घट्यो कार्यकाल पनि
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा विधान संशोधन गर्दै वरिष्ठ उपाध्यक्ष अध्यक्ष हुने व्यवस्थ...
दार्चुलाको साङ्ग्रिला बैँकमा चोरी
धनगढी । दार्चुलाको साङ्ग्रिला बैँक चोरी भएको छ। जिल्लाको महाकाली नगरपालिका–४ खलङ्गामा रहेको साङ्ग...
सेयर बजार नेप्से परिसूचक १५.९३ अंकले घटेर २७३४ को विन्दुमा बन्द
काठमाडौं । आज ८ अर्ब ३६ करोड माथिको सेयर कारोबार भएको छ । आज साताको अन्तिम दिन सेयर बजार नेप्से प...
तोलामा ३ सयले बढ्यो सुन
काठमाडौं । सुनको मूल्य तोलामा ३ सय रुपैयाँ बढेको छ ।आज सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ७ सय र...
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बै...
सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन
धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...
प्रतिकृया दिनुहोस