पुर्णिामाको जून उनी भन्थे तिमीलाई
मुक्तक
पुर्णिामाको जून उनी भन्थे तिमीलाई,
लाखौं ताराहरुमा एक गन्थे तिमीलाई ।
आज कहालीलाग्दो रात बनी आयौ तिमी
बसन्तको बहार उनी भन्थे तिमीलाई ।
फऋिन्छ फुल एक दिन झरेर जान्छ,
एउटा फुल झर्दैमा दालीनै कहाँ मरेर जान्छ ।
मन मुटुमा सजाएर राखी सकेको मान्छे ,
एक्कासि कहाँ चटक्कै बिर्सी दिएर जान्छ ।
म टाढा हुन खोज्छु र पनि तिम्रा यादहरु नजिकनजीक सर्छन किन ?
तिम्रा झुठा कसम नमिठा बैगुणहरु सम्झिएर आँसु झर्छन किन ?
धागो चुडेको चङ्गा जस्तै भयो हाम्रो माया र पनि
यी मनहरु सधैं तिमीलाई नै सम्झिने गर्छन किन ?
प्रतिकृया दिनुहोस