५ करोडको चिज उत्पादन

Cheese

रसुवा । गोसाइँकुण्ड धार्मिकमार्गको चन्दनबारीलगायत हिमाली भेगका ४ स्थानमा ५ करोडभन्दा बढीको चिज याक उत्पादन भएको छ ।

दुग्ध विकास संस्थानका अभिलेख सहायक शिव दाहालका अनुसार जिल्लाको चन्दनबारी, गत्लाङ, लाङटाङ र धुन्चे केन्द्रबाट यस आर्थिक वर्षको गत याममा ३३ हजार ८८२ किलो चिज र ११ हजार ४१४ किलो मखन उत्पादन भएको छ । विगत वर्षको तुलनामा उत्पादनमा वृद्धि हुँदै गएको छ ।

गत वैशाखदेखि कात्तिक १५ गतेसम्ममा ५ करोड ९० लाख ४७ हजार बराबरको चिज उत्पादन भएको छ । उपभोक्ताको माग बढ्दै गएको छ । लाङटाङमा उत्पादित चिज स्थानीयस्तरमै खपत हुन्छ । अन्य क्षेत्रको चिज काठमाडौँस्थित दुग्ध विकास संस्थानको केन्द्रीय भण्डारण लैनचौरमार्फत बिक्री–वितरण हुने गरेको चन्दनबारी केन्द्रका प्रमुख क्षेत्रबहादुर तामाङले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...