युक्रेनको अदालतमा विस्फोट, एकको मृत्यु, १० घाइते

Volcano bali

युक्रेन । युक्रेनको अदालतमा बिहीबार भएको विस्फोटमा परी एक जनाको मृत्यु भएको छ भने अरु १० जना घाइते भएका छन् ।

पूर्वी युक्रेनमा पर्ने डिनीप्रोपेट्रोभास्क क्षेत्रमा रहेको अदालतमा ग्रिनेड विस्फोटन भएको क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीय समय अनुसार विहान ११.२० मा विस्फोटनको घटना भएको प्रहरी अधिकारीहरुले बताएका छन् । विस्फोटन भएका बेला अदालतमा सुनुवाई भइरहेको थियो ।

घटनामा परी घाइते भएका १० जनामध्ये २ जनाको अवस्था गम्भीर रहेको एक प्रहरी अधिकारीले जानकारी दिएका छन् । घटनाका बारेमा प्रहरीले अनुसन्धान सुरु गरिसकेको पनि उनले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...