असोज अन्तिम साता भुजी लिग रनिङ शिल्डको सातौं संस्करण हुने

Vuji lig

काठमाडौं । रामेछाप जिल्लाकै सर्वाधिक ठूलो पुरस्कार राशीको फुटवल प्रतियोगिता भुजि लिग रनिङ शिल्डको सातौं संस्करण असोजको अन्तिम साता हुने भएको छ ।

लिखु भुजी रामेछाप युवा क्लबले प्रत्येक वर्ष गर्दै आएको सो रनिङ शिल्डको सातौं संस्करण असोज २० देखि गर्न लागेको हो ।

आयोजक संस्था लिखु भुजी रामेछाप युवा क्लबले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो रनिङ शिल्ड २५ भन्दा बढि टोलीको सहभागीता रहने जानकारी दिएको छ । आयोजक क्लबका उपाध्यक्ष मनोज सुनुवारले भने, ‘यस पटक २५ भन्दा बढि टोलीको सहभागीता हुने अपेक्षा गरेका छौं ।’

लिग कप नकआउटका आधारमा खेलाइने सो प्रतियोगितामा विजयी टीमले ५२ हजार प्राप्त गर्ने छन् भने उपबिजेताले २६ हजार पाउने छ । त्यसैगरी तेस्रो हुने १३ हजार प्राप्त गर्ने छन् ।

आयोजकले जानकारी दिएको छ । १५ लाख भन्दा बढि खर्च हुने अनुमान गरिएको छ । साता दिनसम्म चल्ने साे प्रतियोगिताको उद्घाटन उमाकुन्ड गाऊपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले गर्ने छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...