नेपालबाट २–१ गोल अन्तरले बंगलादेश पराजित

काठमाडौं । भुटानमा जारी साफ अठार वर्षमुनि ९यू–१८० च्याम्यिनसिपअन्तर्गत सोमबार भएको खेलमा नेपालले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।

खेलको पहिलो हाफसम्म एक एक गोलको बराबरी खेलेको नेपालले दोस्रो हाफमा एक गोल थप्यो । खेलको ८० औँ मिनेटमा थपेको एक गोल नै नेपालका लागि निर्णायक गोल सावित भयो । त्यसअघि नेपालका अभिषेक रिजालले खेलको २२ औ‌ मिनेटमा एक गोल गर्दै पहिलो अग्रता लिएका थिए ।

अभिषेकले गोल गरेको करिब आठ मिनेट पनि बित्न नपाउँदै ९३० औँ मिनेटतिर० बंगलादेशका मोहम्मद अल अमिनले एक गोल फर्काउँदै खेललाई एक एक गोलको बराबरीमा ल्याएका थिए ।

यसअघि दुई खेल खेलेको नेपालले एक खेल हार तथा एक खेलमा जित हासिल गरेको थियो । पहिलो खेलमा नेपाल भुटानसँग १–० गोल अन्तरले पराजित भएको थियो भने दोस्र्रो माल्दिभ्स विरुद्वको खेलमा २–० को जित हासिल गरेको थियो ।

बंगलादेशको भने यो पहिलो हार हो । यसअघि खेलेको दुई खेलमा उसले दुवै खेलमा जित हासिल गरेको थियो ।

त्यसैगरी सोमबारै भएको अर्को खेलमा भारतले माल्दिभ्सलाई २–१ ले पराजित गरेको छ । नेपालले आफ्नो चौथो खेल बुधबार चिरपरिचित प्रतिद्वन्द्वी भारतको सामना गर्नेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...