काश्य पदक विजेता भण्डारीलाई सम्मान

Kasya padak

पोखरा । दक्षिण कोरियाको सिओलमा सम्पन्न ५१ औँ एशियन बडिबिल्डिङ प्रतियोगिता २०१७ मा ५५ केजी तौल समूहमा काश्य पदक विजेता कमल भण्डारीलाई बुल्समेन क्लबले आज सम्मान गरेको छ । 

खेलका माध्यमबाट अन्तरराष्ट्रियस्तरमा पदक जितेर समग्र नेपालको खेल जगतलाई गुन लगाएको भन्दै ४० हजार नगदसहित सम्मान गरिएको हो । अध्यक्ष एवं जिल्ला खेलकुद विकास समितिका सदस्य नुना गुरुङले अन्तरराष्ट्रियस्तरको पदक जितेर भण्डारीले नेपालीको शिर उँचो बनाएको बताए ।

बडिबिल्डिङ अत्यन्त खर्चिलो खेल भए पनि यसतर्फ राज्यको चासो नभएको बताउँदै उनले विश्वमा नेपालको पहिचान गराउन सक्ने भण्डारीजस्ता खेलाडीलाई राज्य एवं खेलप्रेमीबाट सहयोग आवश्यक रहेको बताए ।

पश्चिमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले आर्थिक अभावमा सम्भावना बोकेका खेलाडी ओझेलमा पर्न नहुने बताउँदै राज्यबाट प्रदान गरिने सेवा सुविधा खेलको प्रकृति एवं आवश्यकताका आधारमा हुनुपर्नेमा जोड दिए ।

सम्मानित खेलाडी भण्डारीले बडिबिल्डिङ खेलप्रति राज्यले चासो दिन नसकेको गुनासो गर्दै खेलाडीलाई प्रोत्साहित गर्ने किसिमको व्यवहार आवश्यक भएको बताए ।

“नेपाली खेलाडी अवसर भएमा विश्वका जस्तोसुकै प्रतियोगितामा पनि देशको पहिचान राख्न सक्छन् तर त्यसका लागि राज्यको सहयोग अपरिहार्य छ तर त्यो अवस्था सिर्जना हुन नसक्नु हामी सबैका लागि दुःखद् कुरा हो ।” उनले भने ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आजदेखि निर्वाचन आचारसंहिता लागू, को कसलाई लागू हुन्छ आचारसंहिता ?

Election acharsanghita

काठमाडौं । आगामी यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता ल...