साइपाल सेमिफाइनलमा

13333

काठमाडौं । साइपाल एकेडेमी आठौं बर्नहार्ट कप अन्तरकलेज बास्केटबल प्रतियोगिताको गल्र्समा मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

समूह ‘ए’ को लिग खेलमा साइपालले लिटिल एन्जल्स (एलए) लाई ३१–१० को फराकिलो अन्तरले पराजित ग¥यो । साइपालको जितमा पुष्पा बनले १० अंक योगदान गरिन् ।

३ टिम रहेको यो समूहमा एलएले आफ्नो दुवै खेल गुमाइसकेकोले जेभियर इन्टरनेसनल कलेज पनि सेमिफाइनलमा पुग्न सफल भएको छ ।

अब साइपाल र जेभियरबीचको खेलले समूह विजेताको टुंगो लगाउने छ । ब्वाइजमा ट्रिनिटी इन्टरनेसनल कलेज, क्याम्पियन र एलए प्रिक्वाटरफाइनलमा पुगे ।

ट्रिनिटीले नाइटिङगेललाई ५५–२१ ले सहजै हरायो । ट्रिनिटीका बुद्ध मगरले २२ स्कोर गरे । क्याम्पियनले ज्ञान निकेतनको चुनौती ४२–३९ ले समाप्त पा¥यो । क्याम्पियनका यशन रानाले १६ अंक बटुले । भुवन अल्माको २० अंक सहयोगमा एलएले केएमसीलाई ५२–३७ ले पन्छायो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटा सदरमुकाम नजिकैको वनमा भीषण आगलागी, धनकुटा बजार नजिकका वस्ती जोखिममा

Dkt ban dadelo

धनकुटा । धनकुटा नगरपालिका वडा नं. ५ र ७ को सामुदायीक वनमा भीषण आगलागी भएको छ । आज दिउँसोदेखि धनकु...