रेडिअन्ट कप यसै महिना

काठमाडौं, । रेडिअन्ट पब्लिक बोर्डिङ स्कुलको आयोजनामा पाँचौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता साउन ३२ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा सिनियर र जुनियर ब्वाइजमा गरी जम्मा ४० टिमको सहभागिता रहने आयोजक रेडिअन्टका प्रिन्सिपल सूर्यबहादुर भण्डारीले जनाएका छन् ।

लिग कम नकआउट आधारमा हुने प्रतियोगिताको सिनियरमा १६ तथा जुनियरमा २४ सहभागी हुने बताइएको छ ।
भदौ ९ गतेसम्म हुने प्रतियोगिताका खेलहरु स्युचाटारस्थित आयोजककै कोर्टमा हुनेछ । सिनियरमा निम्स तथा जुनियरमा रेडिअन्ट साविक विजेता हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...