भलिबल संघद्वारा अध्यक्ष प्रचण्डलाई सम्मान

Valleball organization

काठमाडौं । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नेपाल भलिबल संघका पदाधिकारीहरुले आइतबार सम्मान गरेका छन् ।

प्रधानमन्त्री भएका बेला भलिबल खेललाई राष्ट्रिय खेलको मान्यता प्रदान गरेकोमा खुसी व्यक्त गर्दै प्रचण्डलाई सम्मान गरेको छ । आइतबार बिहान प्रचण्ड निवास लाजिम्पाटमा संघका पदाधिकारीहरुले सम्मान गरेका हुन् ।

भेटमा संघका अध्यक्ष मनोरञ्जन शर्मा, उपाध्यक्ष निरोसी मास्के, महासचिव जितेन्द्रबहादुर चन्द लगायतका पदाधिकारीहरुले अध्यक्ष प्रचण्डको प्रधानमन्त्रीत्व काल भलिबल खेलका लागि स्वर्णिमकाल भएको भन्दै यसले नेपालको भलिबल खेलमा गुणात्मक प्रगति हुने बताए ।

अध्यक्ष प्रचण्डले नेपालको माटो र हावापानी सुहाउँदो एवं लोकप्रिय खेल भएकाले भलिबल खेललाई राष्ट्रिय खेलको मान्यता दिइएको बताए । उनले नेपालको राष्ट्रिय खेलले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रभाव राख्न नसकेकोमा चिन्ता व्यक्त गरे । भलिबल नेपालको माटो, हावापानी सुहाउँदो र सानो ठाउँमा पनि खेल सकिने लोकप्रिय खेल भएकाले भलिबललाई राष्ट्रिय खेलको मान्यता प्रदान गरेको बताए ।

सो अवसरमा पूर्व खेलकूदमन्त्री दलजीत श्रीपाइलीले भलिबल खेलको विकासका लागि आफ्नो कार्यकालमा गरिएका कामहरुले निरन्तरता पाउने विश्वास व्यक्त गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...