नेपालद्वारा मलेसिया पाँच विकेटले पराजित

Biket

काठमाडौँ, । कप्तान सन्दीप लामिछानेको उत्कृष्ट बलिङसँगै नेपालले यू–१९ विश्वकप छनोट क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ ।

सिङ्गापुरमा भइहरेको आईसीसी एसिया यू–१९ विश्वकप छनोटमा आज नेपालले दोस्रो खेलमा मलेसियालाई पाँच विकेटले पराजित गरेको हो ।

सिङ्गापुर क्रिकेट क्लबमा नेपालले टस जितेर फिल्डिङ रोजेको थियो । सन्दिपको कसिलो बलिङका कारण मलेसियाले २५ दशमलव पाँच ओभरमा मात्र ५८ रन बनाउन सक्यो । सन्दिपले पाँच विकेट लिए । उनले आठ दशमलव पाँच ओभर बलिङ गर्दै एक मेडन राखि १७ रन खर्चे । सन्दीपले सोमबार सिङ्गापुरसँगको खेलमा समेत पाँच विकेट लिएका थिए ।

सन्दिपलाई पवन सरार्फले साथ दिए । उनले तीन ओभर बलिङ गर्दै एक मेडनसहित मात्र नौ रन दिएर तीन विकेट लिए । यस्तै सन्दीप सुनार र किशोर महतोले एक–एक विकेट लिए । मलेसियाका लागि कुनै पनि खेलाडीले उल्लेख्य रन बनाउन सकेनन् । नेपालले मलेसियालाई ११ अतिरिक्त रन दिएको थियो ।

नेपालले विजयी लक्ष्य नौ दशमलव पाँच ओभरमा पाँच विकेट गुमाएर पुरा ग¥यो । नेपालका प्रारम्भिक ब्याट्सम्यान सन्दीप सुनार ६ रनमा, आदिल खान पाँच तथा दीपेन्द्रसिंह ऐरी चार रनमा आउट भए ।

प्रारम्भिक ब्याट्सम्यान आसिफ शेखले सर्वाधिक २३ रन बनाए । उनले २० बल खेल्दै पाँच चौका हाने । यस्तै प्रनित थापामगरले अविजित १८ रन बनाए । उनले १२ बलको सामना गर्दै एक छक्का र एक चौका प्रहार गरे ।

बलिङतर्फ मलेसियाका हाफिजुद्धिनले तीन विकेट लिए । उनले तीन ओभर बलिङ गर्दै २१ रन खर्चे । नेपालले अर्को खेल बिहीबार अफगानिस्तानसँग खेल्नेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...