आहा रारा गोल्डकपबाट २७ लाख बचत  

Sahara club

पोखरा, । खेलकुदको माध्यमबाट सामाजिक सेवामा समर्पित सहारा क्लव पोखराले सञ्चालन गर्दै आएको आहा रारा गोल्डकपको १५ औँ संस्करणबाट २७ लाख ७८ हजार बचत गरेको छ ।

क्लवद्वारा आज यहाँ आयोजित आयव्यय सार्वजनिक कार्यक्रममा कुल ९७ लाख १० हजार आम्दानीमध्ये ६९ लाख ३२ हजार खर्च कटाएर सो रकम बचत भएको प्रतियोगता आर्थिक संकलन उपसमितिका संयोजक टीकाबहादुर कार्कीले जानकारी दिए ।

गत माघ ४ गतेदेखि १५ गतेसम्म सञ्चालित सो प्रतियोगतामा सबैभन्दा बढी टिकट विक्रीबाट ४१ लाख ५० हजार, प्रायोजकबाट ३० लाख ५९ हजार र ब्यानरबाट २२ लाख आम्दानी भएको थियो ।

सोही अवसरमा खेलकुद पत्रकार मञ्च कास्कीले प्रदान गर्दै आएको स्पोर्टस अवार्ड कोषका लागि सहारा युकेले सहयोग गरेको ५० हजार सो संस्थाका सल्लाहकार भुपालजंग कुँवरले मञ्चका अध्यक्ष केशव पाठकलाई हस्तान्तरण गरे

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...