२६ देशका कलाकारको संवेगात्मक प्रस्तुती शहरका कथा व्यथा

Triannale2

काठमाडौं । शहरमा कतै सुख त कतै दुख । मानिस आ–आफ्ना धुनमा आफ्नो जीवन गीत गाइरहेका छन् ।

कतै निराशाको गीत गुञ्जिरहेको हुन्छ भने कतै आशाका दीपकिरण उज्यालो छरिरहेका हुन्छन् । शहरका यिनै कथा र व्यथालाई २६ देशका कलाकारले अहिले काठमाडौंमा कलात्मक संवेगद्धारा प्रस्तुत गरिरहेका छन् ।

नेपाल आर्ट काउन्सिल बबरमहलमा शहरका विभिन्न रुप भावलाई अभिव्यक्ति दिएका कला प्रस्तुत भएका छन् ।

अन्तर्राष्ट्रिय कला महोत्सव ‘काठमाडौं ट्रिएनाले’ मा नेपालीसहित विभिन्न देशका कलाकारहरुले ‘शहर’ विषयमा कला सिर्जना गरेका छन् । झुण्डिरहेको ऐना, अर्को छेउमा टेबल छ ।

सानो टेबलमा पुसस्तक, चलचित्रका सिडी, नङपालिस, लिपिस्टिक लगायतका सृङ्गार सामाग्री छन् । सँगै जोडिएको पुरानो किचन ¥याकलाई पनि टेबलकै स्वरुप दिइएको छ ।

एउटा बाउलमा मालाहरु राखिएको छ, ¥याकको ढोकाको बिँडमा एक लुसम चुँडेकोपोतेको झुप्पा अल्झिएको छ र त्यसकै जालीमा झुम्काहरु झुण्डिएका छन् ।

जुत्ता चप्पल, लुगा स्ट्यान्ड, हिटर, टेलिभिजन सबै त्यहि सानो कोठामा अटाएका छन् । कोठाको अर्को ढोकाबाट भित्र पस्नासाथ ठुलो पर्दामा चलिरहेको भिडियो देखिन्छ ।

त्यो भिडियो त्यहि कोठाकी धनी एक तेस्रो लिङ्गिी महिलाको दैनिकीमा बनेको छ ।  यो बंगलादेशी कलाकार महबुर रहमानले काठमाडौं आएर खोजेको विषय हो ।

काठमाडौंको दैनिकी धेरैका लागि गाह्रो छ । तेस्रो लिङ्गिीको जटिल दैनिकीलाई कलाकार महबुरले प्रस्तुत गरेका छन् । यो विषयमा खुलेर कुरा गर्न पनि गाह्रो हुने हाम्रो समाजको यथार्थलाई उनले शहरको गहन कथाको रुपमा उठाएका छन् ।

काउन्सिल भित्र प्रवेश गर्नासाथ भुइँदेखि सिलिङसम्म कला मात्र देखिन्छन् । भ¥याङ उक्लिएर पहिलो तला पुगेपछि फरक स्वादका कलाहरुले स्वागत गर्छन् । त्यहाँ पनि पर्दामा एउटा मान्छे ठुलो बरफ घिसार्दै हिँडिरहेको भिडियो देखिन्छ ।

बेल्जियमका मेक्सिकोमा बस्ने कलाकार फ्रान्सिस आलिसले यो भिडियोमार्फत भन्न खोजेको कुरा हो, ‘कहिलेकाहीँ केही बनाउँदा केही पनि बन्दैन ।’ ‘विरोधाभासको अभ्यास १’ शीर्षक दिइएको यो भिडियोमा उनले हास्यास्पद तरिकाले मेक्सिको शहरको काव्यात्मक तस्वीर प्रस्तुत गरेका छन् ।

नौ घन्टाभन्दा बढी समयसम्म मेक्सिकोको सडकमा बरफको ढिक्का घिसारेर हिँडेका छन् त्यतिबेलासम्म बरफको ढिक्का घिसार्न छोड्दैनन् । जतिबेलासम्म यो रक्सीमा राखेर खान सकिने सानो टुक्रा बन्दैन ।

कलाकार वीरेन्द्रप्रताप सिंहका ‘शहरका चित्रहरु’, शिलासा राजभण्डारीको हजुरआमाप्रति समर्पित प्रतिस्थापन कला, रोमानियाका कलाकार सिप्रियन मुरेसानको ‘शीर्षकविहीन’, बेल्जिमका कलाकार ओनोर दे ओको ‘बे टेका’ लगायतका कला प्रदर्शन भइरहेका छन् ।

सत्र दिन चल्ने ट्रिएनालेमा कला प्रदर्शनीसँगै अन्तरक्रिया, कार्यशाला पनि आयोजना भइरहेका छन् । राजधानीका ८ स्थानमा उनीहरुले बनाएका भावोत्तेजक तथा मर्मस्पर्शी कलाले शहरलाई कलामय बनाएको छ ।

यीमध्ये एक हिस्साको रुपमा आर्ट काउन्सिल विविध शैली र माध्यममा कलाकारले शहरका कथालाई कलात्मक रुपमा उनेका छन् । कथाहरुको भिडमा बेग्लै कथा देखिन्छ काउन्सिलको सानो हालमा । हलभित्र पस्नासाथ एउटा सानो कोठा देखिन्छ । एक छेउमा सानो खाट, खाटतिरकै भित्तामा ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको उत्तरपानीमा आगलागी हुँदा ११ करोडको क्षति

Uttarpani aagolagi

धनकुटा । धनकुटाको पाख्रिवास नगरपालिका वडा नं. ९ उत्तरपानीमा एक घरमा आगालागी हुँदा ११ करोड ६ लाख ब...