खेलाडीलाई ट्राफिक सचेतना

Tara phutbol khelad

काठमाडौं, । नेपाल जुडो संघले ओलम्पिक दिवसका अवसरमा ट्राफिक सचेतना कार्यक्रम आयोजना ग¥यो । कार्यक्रमको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरे ।

सो अवसरमा जुडोका खेलाडीहरुलाई प्रहरी सहायक निरीक्षक कृष्णकुमार शर्माले ट्रफिक व्यवस्थापनका नियम बारे जानकारी गराएका थिए । विशेष गरी पैदाल यात्रीहरुलाई जेब्रा क्रसबाट बाटो काट्ने तरिका बारे जानकारी गराइएको थियो ।

त्यसपछि खेलाडीहरुलाई समूह बनाएर पुतलीसडक, बागबजार, थापाथली, माइतीघर, सिंहदरबार, एनएसी, त्रिपुरेश्वर र न्युरोडमा ट्राफिक व्यवस्थानका लागि ६४ खेलाडीसहित पदाधिकारीहरुलाई खटाइएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले ओलम्पिक मुभ्मेन्ट खेलकुदको प्रतियोगिता मात्र नभइ सिंगो समाजको विकाससंग जोडिएको पक्ष भएको बताए । उनले ओलम्पिक डेमा मोफसलमा पनि कार्यक्रम आयोजना गरिएको बताए । जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले खेलाडीलाई खेलमा मात्र नभइ सामाजिक कार्यमा पनि संलग्न गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...