प्रधानमन्त्रीको राजीनामा सिंहदरवारबाट

संसदमा सम्बोधन गर्ने इच्छा अधूरै

Prachanda

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद सुचारु नभए सिंहदरवारबाटै राजीनामा दिने भएका छन् ।

प्रधानमन्त्रीले बोलाएको तीन दलको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि प्रधानमन्त्रीले सिंहदरवारमा देशवासीको नाममा सम्बोधन गर्दै राजीनामा दिन लागेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले मंगलबार संसदलाई सम्बोधन गर्दै राजीनामा दिने तयारी गरेको भए पनि एमालेले अवरोध गर्ने भएपछि प्रधानमन्त्रीले राजीनामा दिन सकेका थिएनन् ।

संसदलार्इ सम्बोधन गर्न नदिइए प्रधानमन्त्रीले सिंहदरबारबाटै देशबासीलाई सम्बोधन गर्दै राजीनामा दिने तयारीमा लागेको बताइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...