थपिएका स्थानीय तहमा जेठ ३१ मा निर्वाचन असम्भव

Narendra dahal

काठमाडौं । निर्वाचन आयोगले थपिएका स्थानीय तहमा जेठ ३१ मा निर्वाचन गर्न नसक्ने जनाएको छ ।

आयोगका आयुक्त नरेन्द्र दाहालले प्राविधिक कारणले अब जेठ ३१ गते ती नयाँ स्थानीय तहमा निर्वाचन गर्न नसकिने जनाएका हुन् ।

प्राविधिक कारणले नै चुनाव गर्न नसकिने दाहालको भनाइ छ । उनले भने, अब २१ दिनमात्रै बाँकी छ । नयाँ थपिएका स्थानीय तहमा कार्यालय स्थापना गर्ने, कर्मचारी खटाउने, मतदाता नामावली छाप्ने र मतदाता परिचयपत्र छपाएर जेठ ३१ मै चुनाव गर्न अब सम्भव छैन ।

सरकारले दोस्रो चरणको निर्वाचनको मिति सारेर समय थप गरेमा भने सबै ठाउँमा एकैचोटि चुनाव गर्न सकिने आयुक्त दाहालले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको सिधुँवामा नवसाक्षरता कार्यक्रम प्रभावकारी बन्दै, अक्षर चिन्न छेकेन बुढ्यौलीले

Sidhuwa proaudh sikshya

धनकुटा । पढ्नलाई न उमेरले छेक्छ, न परिस्थितीले नै । अहिले धनकुटा छथरजोरपाटी गाउँपालिकाको सिधुवामा...