बैशाखमा चौथो संस्करणको डाँडाबजार गोल्डकप हुने

Dadabajar cup

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. ५ स्थित डाँडाबजारमा २०८२ सा बैशाख १७ गतेदेखि चौथो संस्करणको डाँडाबजार गोल्डकप हुने भएको छ ।

‘डाँडाबजारको सान : खेलकुद तथा पर्यटनबाट पहिचान’ भन्ने मूल नाराका डाँडाबजार फुटबल क्लबको आयोजनामा साँगुरीगढी चौथो डाडाबजार गोल्डकप हुने भएको हो । चौथो संस्करणको डाँडाबजार गोल्डकप प्रतियोगिता बैशाख २० गतेसम्म सञ्चालन हुनेछ ।

साँगुरीगढी गाउँपालिकाको सहयोग र जंगबहादुर थापा स्मृति कोष डाँडाबजार ब्रदरहुडको सह–प्रायोजनमा प्रतियोगिता हुन लागेको हो । सो प्रतियोगितामा धनकुटासहित उदयपुर, मोरङ र सुनसरीबाट आठ टिमको सहभागिता रहने छ । आयोजकका अनुसार प्रतियोगिता सञ्चालनका लागि करिब २२ लाख रुपैयाँ लाग्ने छ । जसमा साँगुरीगढी गाउँपालिकाले सात लाख, वडा नं. ५ ले कार्यालयले तीन लाख र सह–प्रायोजकको रुपमा रहेको जंगबहादुर थापा स्मृति कोषले चार लाख रुपैयाँ उपलब्ध गराउने छ ।

प्रतियोगिताको विजेता टोलीलाई नगद तीन लाख नगदसहित ट्रफी र मेडल पाउनुका साथै उप–विजेतालाई नगद एक लाख ५५ हजार रुपैयाँसँगै मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक क्लबका अध्यक्ष राजकुमार थेगिन लिम्बुले जानकारी दिए । गतवर्ष विजेता टोलीले दुई लाख ५० हजार र उप–विजेता टोलीले एक लाख ५० हजार रुपैयाँ पुरस्कार पाएकोमा यो वर्ष पुरस्कार राशीसमेत बढाइएको छ ।

आज आयोजित पत्रकार सम्मेलनमा गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले प्रतियोगिताले पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने बताए । उनले खेलकुदका माध्यमबाट कुलतमा लागेकाहरूको लत छुटाउन सकिने भएकाले गाउँपालिकाले खेलकुद क्षेत्रलाई प्राथमिकतामा दिएको समेत उल्लेख गरे ।

सो पत्रकार सम्मेलनमा गाउँपालिका उपाध्यक्ष मुना राई, प्रमुख प्रशासकीय अधिकृत राजकुमार श्रेष्ठ, वडा नं. ५ का वडाध्यक्ष खड्गबहादुर लिम्बु, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवास लगायतले साँगुरीगढी गाउँपालिकालाई खेल पर्यटन हवको रुपमा विकास गरिनुपर्नेमा जोड दिए । सो पत्रकार सम्मेलनको सञ्चालन डाँडाबजार युवा क्लवका सचिव मिलन थेगिम लिम्बुले गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पत्रकार थापा काठमाडौंमा सम्मानित

Ishwar thapa samman

धनकुटा । धनकुटामा रहेर लामो समयदेखि पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार इश्वर थापा सम्मा...