विद्यालय स्तरीय फुटवल प्रतियोगिता सम्पन्न

Khel dkt

धनकुटा । धनकुटामा विद्यालय स्तरीय फुटवल प्रतियोगिता सम्पन्न भएको छ । न्यू नव प्रभात क्लवको आयोजनामा भएको सो प्रतियोगिता अन्तर्गत धनकुटा नगरपालिकाभित्रका अन्डर-१३ तर्फका १३ र अन्डर-१५ तर्फ १० वटा विद्यालयले भाग लिएका थिए ।

यही फागुन १७ देखिदेखि आजसम्म भएको सो खेलमा अन्डर-१३ तर्फ दिप इङ्लिस बोर्डिङ स्कुल प्रथम भएको छ । उसले १५ हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । सो खेलमा गोकुण्डेश्वर बालमन्दिर स्कुल दोस्रो बनेको छ । उसले ७ हजार ५ सय नगद पुरस्कार प्राप्त गरेको छ ।

त्यसैगरी अन्डर -१५ तर्फ गोकुण्डेश्वर बालमन्दिर स्कुल प्रथम भएको छ । उसले २० हजार नगद पुरस्कार प्राप्त गरेको छ भने धनकुटा इङ्लिस बोर्डिङ स्कुल दोस्रो भएको छ । उसले १० हजार रुपैयाँ प्राप्त गरेको आयोजक न्यू नव प्रभात क्लवका अध्यक्ष गोविन्द राईले जानकारी दिए ।

सो विद्यालय स्तरीय फुटवल प्रतियोगिताको समापन कार्यक्रममा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, जिल्ला खेदकुद विकास समितिका अध्यक्ष मनोजकुमार राई, कोशी फुटबल संघका सदस्य शम्भु प्रधान, नेत्रज्योती संघका केन्द्रिय प्रवक्ता दोर्णप्रसाद गुरागाइँ, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवास लगायतले बोलेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको सहिदभुमीमा एकीकृत घुम्ती शिविरमा वडाबासीको घुइँचो

Sahidvumi ghumti shibir

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले एकीकृत घुम्ती शिविरलाई तीव्र बनाएको छ । सो शिविरमा वडावास...