नेपाल प्रिमियर लिगको उपाधि जनकपुर बोल्ट्सलाई, कार जित्ने खेलाडी बने दीपेन्द्रसिंह ऐरी
उपाधीको दौडमा रहेको सुदूरपश्चिम खुम्चियो उपविजेतामै
काठमाडौं । अमेरिकी ब्याट्सम्यान लाहिरु मिलान्थाले अर्धसतकीय पारी खेलेपछि नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जनकपुर बोल्ट्सले जितेको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार भएको फाइनल खेलमा जनकपुरले सुदुरपश्चिम रोयल्सलाई पाँच विकेटले हराउँदै जनकपुरले एक करोड १० लाख रुपैयाँसमेत हात पारको छ । उपविजेता सुदूरपश्चिमले ५१ लाख रुपैयाँमा चित्त बुझाएको छ ।
फाइनल खेलमा क्याच अफ द म्याच शेर मल्ल २५ हजार, इलेक्ट्रिक मोमेन्ट अफ द म्याच हेमन्त धामी २५ हजार, धेरै चौका हान्ने लाहिरु मिलान्था २५ र ५ हजार र प्लेयर अफ द म्याच लाहिरु मिलान्था बने । उनले ५० हजार रुपैयाँ पाए ।
फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुरले उपाधि जितेको हो । योसँगै समूह चरण र पहिलो क्वालिफायरमा व्यहोरेको हारको पनि जनकपुरले बदला लिएको छ । लिग चरणमा जनकपुर ७२ रनले र पहिलो क्वालिफायरमा ८ विकेटले सुदूरपश्चिमसँगको खेल गुमाएको थियो ।
सुदूरपश्चिमले दिएको १ सय ८५ रनको विशाल लक्ष्य जनकपुरले ४ बलअगावै ५ विकेटको क्षतिमा भेट्टायो । जनकपुरको जितमा लाहिरु मिलान्थाले सर्वाधिक ८७ रनको योगदान दिए । ४९ बलमा ९ चौका र ४ चौका प्रहार गरेका मिलान्था स्कट कुग्लेजिनको बलमा कट एण्ड बोल्ड हुन पुगे ।
जनकपुरका कप्तान आशिफ शेख ३३ रन बनाउँदा सैफ जैवको बलमा म्याकमुलेनको हातबाट क्याच आउट भए । उनले १९ बलमा ४ चौका र २ छक्का प्रहार गरे ।
मोहम्मद मोहसिन ९ रन बनाउँदा इसान पाण्डेको बलमा बोल्ड आउट भए । जेम्स निसम ४ रन बनाउँदा दिपृेन्द्रसिंह ऐरिको बलमा बोल्ड आउट हुन पुगे। आकाश भिपाठी २ रनमा रनआउट भए । हर्ष ठाकेर ३० र मयन यादव २ रनमा नटआउट रहे ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारित २० ओभरमाक ९ विकेटको क्षतिमा १ सय ८४ रनको योगफल तयार पारेको थियो ।
पहिलो विकेटका लागि विनोद भण्डारी र सैफले १२ ओभरमा १ सय १७ रनको साझेदारी गर्दै सुुदुरपश्चिमलाई उत्कृष्ट सुरुवात दिलाएका थिए । १२ औँ ओभरको अन्तिम बलमा सैफ जैवलाई गुमाएको सुदुरपश्चिमले १३ औँ ओभरको दोस्रो बलमा विनोद भण्डारीलाई गुमाउन पुग्यो ।
६९ रन बनाएका ओपनर सैफ जैव १२ औँ ओभरको अन्तिम बलमा ललित राजवंशीको बलमा किशोर महतोको हातबाट क्याच आउट भए । उनले ४३ बलमा ८ चौका २ छक्का प्रहार गरे । जैवले ३३ बलमा ५ चौका र २ छक्का सहयोगमा अर्धशतक पूरा गरेका थिए । ३१ बलमा १ चौका र ३ छक्का हानेका भण्डारी ४१ रन बनाउँदा ललितकै बलमा बोल्ड आउट भए ।
१५औँ ओभरको अन्तिम बलमा हरमित सिंह १४ रन बनाउँदा मोहम्मद मोहसिनको बलमा वैकल्पिक फिल्डर हेमन्त धामीको हातबाट क्याच आउट भए । १४ रन नै बनाएका ब्राण्डोन म्याकमुलेन जेम्स निसमको बलमा बोल्ड आउट भए । कप्तान दीपेन्द्रसिंह ऐरी ९ रन बनाउँदा मोहसिनको बलमा नै धामीको हातबाट क्याच आउट भए । आरिफ शेख १ रन बनाउँदा मोहसिनको बलमा ललित राजवंशीको हातबाट आउट हुन पुगे ।
स्कट कुगेलिन १३ रा बनाउँदा किशोर महतोको बलमा बोल्ड आउट हुन पुगे । नरेश बुढाएर ८ रन बनाउँदा किशोरको बलमा शेर मल्लको हातबाट क्याच आउट भए । जनकपुरका मोहम्मद मोहसिन र किशोर महतोले समान ३ विकेट लिए । मोहसिनले आफ्नो स्पेलमा ३६ रन दिए ।
जेम्स निशम र ललित राजवंशीले समान एक विकेट आफ्नो नाममा गरे । ललितले आफ्नो स्पेलमा १ मेडन राख्दै १५ रन दिएर १ विकेट झारे । निसमले ४ ओभरमा ४४ रन खर्चेर मात्र १ विकेट लिए ।
दीपेन्द्रसिंहले पाए कार
एनपीएल सकिएसँगै विभिन्न विधामा अवार्डहरू पनि वितरण गरिएको छ । त्रिवि क्रिकेट मैदानमा आयोजित समापन समारोहमा पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डले अवार्ड वितरण गरेका हुन् ।
जस अनुसार प्लेयर अफ दि टुर्नामेण्ट सुदूरपश्चिम रोएल्सका सेफ अली जैबले हात पारे । उनले ५ लाख रुपैयाँ प्राव्त गरेका छन् । सुदूरपश्चिम रोयल्सका कप्तान तथा मार्की खेलाडी दीपेन्द्रसिंह ऐरीले नेपाल प्रिमियर लिगमा कार जितेका छन् । उनले प्रतियोगितामा ९ खेलमा २२७ रन बनाए । टी२० क्रिकेटमा विश्वका नम्बर २ अलराउन्डर उनले ९ विकेट लिए ।
सारडा समूहले एनपीएलकै उत्कृष्ट हुने नेपाली खेलाडीलाई ओमोडा ई५ कार दिने घोषणा गरेको थियो । उक्त कार दीपेन्द्रले पाउने भएका हुन् ।एनपीएलमा पनि दीपेन्द्र नेपालको तेस्रो बढी रन बनाउने खेलाडी हुन् । उनीभन्दा धेरै रन सुदूरपश्चिमकै विनोद भण्डारी र लुम्बिनीका कप्तान रोहित पौडेलले बनाए । रोहितले २७९ रन र बिनोदले २३५ रन प्रहार गरे ।
त्यसैगरी एनपीएलको सर्वोत्कृष्ट बलर ललित राजवंशी घोषित भए । उनले मोटरसाइकल पुरस्कार प्राप्त गरेका छन् । कर्णाली याक्सका बिपिन प्रसाद शर्माले इमर्जिङ प्लेयरको उपाधि हात पारेका छन् । उनले ५० हजार नगद र एक लाख बराबरको छात्रवृत्ति पाएका छन् ।
इनर्जेटिक प्लेयर अफ द टुर्नामेण्ट जनकपुरका जिमी नीशम घोषित भए । उनले २ लाख रूपैयाँ प्राप्त गरेका छन् । अत्यधिक चौका अवार्ड लाहिरु मिलान्थाले पाएका छन् भने फेयर प्ले अवार्ड लुम्बिनी लायन्स टिमले प्राप्त गरेको छ ।
प्रतिकृया दिनुहोस