साफ वुमन्स च्याम्पियनसीप : श्रीलंकाविरुद्ध नेपालको ६ गोल, दोस्रो सेमिफाइनलमा नेपाल र भारत भिड्ने

Women football

काठमाडौं । साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह बी को अन्तिम खेलमा श्रीलंकालाई पराजित गर्दै घरेलु टोली नेपाल समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा बिहीबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकामाथि ६–० को फराकिलो जित दर्ता गरेको हो । समूह चरणमा नेपाल र भारत तथा साविक विजेता बंगलादेश र भुटान खेल्ने भएका छन् ।

अघिल्लो खेलमा भुटानले माल्दिभ्सलाई १३–० ले हराएकाले नेपाललाई कम्तिमा ६–० को जित चाहिएको थियो । नेपालका लागि रेखा पौडेलले दुई तथा सविता रानामगर, सावित्रा भण्डारी, अमिका कार्की र रश्मी कुमारी घिसिङले समान एक गोल गरे ।

बंगलादेश र भुटान पहिलो सेमिफाइनलमा खेल्नेछन् । पहिलो सेमिफाइनल खेल दिउँसो साढे १ बजे हुनेछ । दोस्रो सेमिफाइनलमा नेपाल र भारत खेल्ने भएका हुन् । सो खेल आइतबार साँझ साढे ६ बजे हुनेछ । दुवै सेमिफाइनल खेल एकैदिन हुनेछ । अघिल्लो संस्करण पनि यी चार टोली नै सेमिफाइनलमा भिडेका थिए ।

आजको खेलको आठौँ मिनेटमा साम्बाको पासमा सविता रानामगरको गोलमा नेपालले सुरुवाती अग्रता बनाएको हो । १२ औँ मिनेटमा सावित्रा भण्डारीले डिबक्स बाहिरबाट गरेको प्रहार सिधै गोलमा परिणत भयो । लगत्तै १३ औँ मिनेटमा अमिसा कार्कीको पासमा रेखा पौडेलको गोलमा नेपालले ३–० को अग्रता बनाएको छ ।

३६ औँ मिनेटमा साम्बाको प्रहारलाई रेखा पौडेलले फ्लिक गरेपछि गोलमा परिणत भयो। टोलीलाई ४–० को अग्रता दिलाउने क्रममा रेखाले व्यक्तिगत दोस्रो गोल गरिन् । ४७ औँ मिनेटमा सविता कार्कीको क्रसमा अमिसा कार्कीको हेडर गोल गर्दै नेपाललाई ५–० को अवस्थामा ल्याईन् ।

८३ औँ मिनेटमा अनिता बस्नेतको कर्नरमा साम्बाको हेडर गोलरक्षकले पन्च गर्दै जोगाईन् । इन्ज्युरी समयमा अनिता बस्नेतको कर्नरमा रश्मी कुमारी घिसिङको गोलमा नेपालले ६–० को अग्रता बनायो । नेपालको जितले भुटान समूह उपविजेता बन्दै सेमिफाइनल पुगेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आजदेखि निर्वाचन आचारसंहिता लागू, को कसलाई लागू हुन्छ आचारसंहिता ?

Election acharsanghita

काठमाडौं । आगामी यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता ल...