हनी ट्रयाप’मा पारेर प्रहरी कार्यालयभित्रै ३० लाख असुल गराउने इन्स्पेक्टर शाहीलाई निलम्बन गर्न सिफारिस

को हुन् ‘विवादित’ इन्सपेक्टर शाही ?

Binu sahi

काठमाडाैं । बलात्कार सम्बन्धी मुद्दामा फसाइदिने भन्दै एक जना व्यक्तिसँग लेनदेन गरेको आरोप लागेपछि इन्स्पेक्टर बिनुकुमारी शाहीलाई निलम्बन गर्न सिफारिस गरेको छ ।

ललितपुरको भैँसेपाटी प्रभागकी प्रमुख इन्स्पेक्टर शाहीको जिम्मेवारी खोसिएको र प्रहरी परिसर ललितपुरले निलम्बन प्रक्रिया पनि अघि बढाएको हो ।

ललितपुर प्रहरीले उनलाई निलम्बनका लागि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सिफारिस गरेको र रानीपोखरीले हेडक्वार्टर नक्साल सिफारिस गरेको छ। अब हेडक्वार्टरले गृह मन्त्रालयलाई सिफारिस गर्ने छ । गृहले निलम्बन गरेपछि बिनुकुमारी यो घटना छानबिन अवधिभर निलम्बनमा पर्नेछिन् भने आरोप पुष्टि भएको अवस्थामा मुद्दा नै खेप्नु पर्नेछ ।

उपत्यका प्रहरी कार्यालयको निर्देशनअनुसार, यो काण्डमा छानबिन गर्न जिल्ला प्रहरी परिसर, ललितपुरका डीएसपी नरहरि अधिकारीको नेतृत्वमा ७ सदस्यीय छानबिन समिति बनेको छ । ललितपुर प्रहरीका अनुसार, इन्स्पेक्टर शाहीले एक व्यवसायीलाई नियन्त्रणमा लिएर ३० लाख रुपैयाँ लेनदेन गरेको आरोप  छ।

जेठ २३ मा भैंसीपाटी गएकी उनले हालै बलात्कारको घट्नामा आरोपीसँग मिलेर आर्थिक लाभ लिएको जनाइएको छ मोरङ घर भएका एक व्यापारीलाई भैंसेपाटी प्रभागको थुनामा राखी ३० लाख रुपैयाँ लेनदेन गरी छाडिएको स्रोतले बताएको छ । सो कुरा बाहिर आएपछि ललितपुर प्रहरीले हनी ट्रयाप’मा संलग्न ती युवती र एक युवकलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।

को हुन् ‘विवादित’ इन्सपेक्टर शाही ?

बिनुकुमारी शाही उनै विवादित इन्सपेक्टर हुन्, यस अगाडि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत हुँदा कारबाहीमा समेत परेकी थिइन् । विभिन्न घटनाहरुमा उनलाई विभागीय कारबाही भएको थियो। पछिल्लोपटक उनी कञ्चनपुरमा हुँदा थुनुवामाथि ज्यादती गरेको लगायतका घटनामा विवादित बनेकी थिइ न्।

त्यसपछि तत्कालीन एसपी कमल थापासहित उनीमाथि विभागीय अनुसन्धानसमेत भएको थियो । त्यस अगाडि कञ्चनपुरमै रिपोर्टिङका क्रममा पत्रकारहरुमाथि अप्रिय व्यवहार देखाएको भन्दै उनीसहित चार प्रहरी कर्मचारीलाई विभागीय कारबाही गरिएको थियो । गत वर्षको बैशाखमा महेन्द्रनगरको सुकासाल चोकमा प्रहरी र भारतबाट क्यारिङमा सामान बोक्नेहरुबीच झडप भइरहेका बेला भिडिओ खिचिरहेको अवस्थामा पत्रकार राजेन्द्र नाथ र ऐश्वर्या कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

सोही घटनामा बिनुकुमारीलाई कारबाही गरिएको थियो । उनै शाहीको केही समय अगाडि कञ्चनपुरबाट प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभाग संघीय अपराध अनुसन्धान शाखा नक्साल काठमाडौंमा सरुवा भएको थियो ।

तर त्यहाँबाट पनि उनलाई ललितपुरस्थित महानगरीय प्रहरी प्रभाग भैंसेपाटीमा खटाइएको थियो । सो प्रभागमा इन्सपेक्टरको दरबन्दी भने छैन । तर बजेट बिनाको सो प्रभागमा शाहीलाई कमाण्ड दिएर काजमा खटाइएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...