टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (फोटो फिचर)

Sambidhan diwas tudhikhel

काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ ।

संविधान र राष्ट्रिय दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा बिहीबार एक कार्यक्रम आयोजना गरिएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आयोजन मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरेको हो ।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसहित विशिष्ट व्यक्तिहरू सहभागी भए । समारोहमा उपराष्ट्रपति रामसहाय यादव र सरकारका उच्च अन्य अधिकारी पनि सहभागी भए । कार्यक्रममा नेपाली सेनाले विशेष प्रस्तुति दिएको थियो ।

समारोहमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले मार्चपास गर्नुका साथै उपत्यकाको विभिन्न नगरपालिकाद्वारा झाँकी र्‍याली प्रस्तुत गरिएको थियो । साथै सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको थियो । संविधानसभाबाट २०७२ असोज ३ गते सङ्घीयतासहितको संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष असोज ३ गतेलाई संविधान दिवस तथा राष्ट्रिय दिवसका रुपमा मनाइन्छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...