निष्कर्षविहीन भयो संवैधानिक परिषद्को बैठक, भदौं ३१ मा अर्काे बैठक बस्ने

Sambaidhanik parisad meeting

काठमाडौं । संवैधानिक परिषद्को बैठक कुनै निर्णय नगरी सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको परिषद् बैठक कुनै निर्णय नगरी सकिएको हो ।

संवैधानिक निकायमा सिफारिस गर्नु पहिले पर्याप्त अध्ययन गर्नुपर्ने निष्कर्षपछि ठोस् निर्णय नगरी बैठक सकिएको हो । अर्को बैठक ३१ भदौमा बस्ने भएको छ । संवैधानिक परिषद्को बैठकमा प्रधानन्यायाधीश नियुक्तिबारे छलफल भएको उपसभामुख इन्दिरा रानामगरले जानकारी दिइन् ।

आजको छलफल प्रधानन्यायाधीश सिफारिसमा केन्द्रीत थियो । ‘प्रधानन्यायाधीश बाहेक अरु सिफारिसमा छलफल भएन, त्यसैमा केन्द्रीत भयो । तर आज कोही पनि सिफारिस हुनु भएन’, ती स्रोतले भन्यो ।

उपसभामुख इन्दिरा रानाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफूलाई हटाउन खोजिएको विषयमा गुनासो गरेकी छन् । आज संवैधानिक परिषदको वैठकपछि उनले प्रधानमन्त्रीसँग संक्षिप्त कुराकानी गरेकी थिइन् । रानाले सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्रीले आफूलाई हटाउने कुरा नभएको भनेर आश्वस्त गराएको दावी गरिन् ।

उनले भनिन्, ‘मैले भनेँ कि मेरो अन्तराष्ट्रिय छवि छ । कयौं बालबालिका हुर्काएको छु । न त त्यो चिठी उता (दूतावास) गएको छ, न त उनीहरु अमेरिका गएका हुन् । वास्तवमा चिठी दर्ता नै भएको छैन । त्यसलाई लिएर यस्तो आयो भन्ने कुरा राखेँ । प्रधानमन्त्रीले तपाईं संवैधानिक परिषदको सदस्य हो । बजारको हल्ला बारे कुरा नगरौं भन्नु भयो । बजारको कुरा बजारमै छाडौं भन्नुभएको छ ।’

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...