मेटमणि चौधरीलाई एकीकृत समाजवादीले सोध्यो ३ दिने स्पष्टिकरण (पत्रसहित)

Metmani chaudhary

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले उपमहासचिव मेटमणि चौधरीलाई स्पष्टिकरण सोधेको छ ।

भदौ २५ गते प्राइम टीभीमा दिएको अन्तरवार्तामा प्रमुख सचेतक समेत रहेका चौधरीले लिपुलेक कालापानी भारतको हो, लिपुलेक र कालापानी भारतले दाबी गर्छ । भारतको दाबी पुग्छ, उसको दाबी पुग्छ‘ जस्ता अभिव्यक्ति दिएका थिए । चौधरीलाई यसबारे ३ दिनभित्र लिखित स्पष्टीकरण दिन निर्देशन दिइएको छ ।

महासचिव घनश्याम भूसालले चौधरीलाई स्पष्टीकरण सोध्दै लेखेको पत्रमा भनिएको छ, ‘अनेकौं तथ्यहरुले उक्त भूभाग नेपालको हो भन्ने कुरा स्पष्ट पारेका छन् । हाम्रो पार्टीको समेत दाबीका आधारमा उक्त भूभाग संविधानको अंग बनाइएको कुरा सर्वविदितै नै छ । त्यसविपरीत, मुलुकको अखण्डता र सार्वभौसमसत्ताका विरुद्ध तपाईंले किन बोल्नु भएको हो ?’

तर पार्टीले स्पष्टीकरण सोधे पनि सो अन्तरवार्तामा नेताहरुले लिपुलेक कालापानी भारतलाई बेचेको तर्क गरेका थिए । उनले त्यस्तो तर्क दिएसँगै चौतर्फी आलोचना हुन थालेको थियो ।

र्नुहोस् स्पष्टीकरण पत्र : 

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...