एनसेलद्धारा कपिलवस्तुकोठाकुरापुरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

Ncell axiata

काठमाडौं । एनसेलले प्रदेशस्तरमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।

आफ्नो सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु अन्तर्गत एनसेलले कपिलवस्तुको बाणगंगा नगरपालिका -४, ठाकुरापुरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । यस शिविरमा ३०० भन्दा बढी स्थानियहरुले निःशुल्क स्वास्थ्य परामर्श तथा सेवाहरुको लाभ लिएका थिए ।

एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत कपिलवस्तुमा संचालन गरेको यो दोस्रो निःशुल्क स्वास्थ्य शिविर हो । यसअघि कपिलवस्तुको मायादेवी गाउँपालिका -३, फुलिका स्वास्थ्य चौकीमा पनि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको थियो । यसका साथै एनसेलले कपिलवस्तुका अन्य ३ विकट क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने तयारी गरेको छ ।

नेपाल हृदयरोग निवारण प्रतिष्ठानसँगको सहकार्यमा आयोजना गरिएको सो शिविरमा सेवाग्राहीहरुले मुटु रोगसम्बन्धी विशेषज्ञ चिकित्सकहरुबाट मुटु रोग लगायतका अन्य विभिन्न रोगका विशेषज्ञसँग परामर्श लिएका थिए भने इसीजी, मधुमेह तथा रक्तचापको जाँच सेवा पाएका थिए । बिहान १० बजेबाट सुरु भएको शिविरमा आएका सोग्राहीहरुले परामर्श अनुसारको आवश्यक निःशुल्क औषधीहरु पनि पाएका थिए ।

एनसेलले सीएसआरअन्तर्गत सातै प्रदेशमा विभिन्न सामाजिक विकासका आयोजनाहरु सञ्चालन गरिरहेको छ । कम्पनीले गत वर्ष आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा ‘एटीन फर एटीन’ अर्थात १८ औं वर्षको लागि १८ वटा सामाजिक पहलहरुका लागि आवेदन खुल्ला गरेको थियो र यसै पहल अन्तर्गत सातै प्रदेशमा विकास कार्यहरु कार्यन्वयन भइरहेका छन् । यस ‘एटीन फर एटीन’ कार्यक्रम अन्तर्गत परियोजना संचालन गर्नका लागि प्रति परियोजना १० लाख रुपैयाँ आर्थिक सहायता प्रदान गरिएको छ ।

कम्पनीले देशको एक सबैभन्दा ठूला करदाताका रुपमा अर्थतन्त्रमा प्रभावकारी योगदान दिँदै स्थापना कालदेखि आर्थिक वर्ष २०८०÷८१ सम्ममा सरकारलाई कर तथा गैरकर गरी ३२० खर्ब भन्दा बढी राजस्व तिरिसकेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...