सिन्धु रानीसँग सिके राउतको यसरी बिग्रियो सम्बन्ध, अदालतमा मुद्दा दर्ता

Ck raut

काठमाडौं । बेलाबेला चर्चामा आउँछन् जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके) । पछिल्लो केही दिनयता श्रीमतीसँग सम्बन्ध विच्छेदको मुद्दा हालेपछि फेरि चर्चामा आएका छन् ।

राउतले दुई हप्ताअघि ललितपुर जिल्ला अदालतमा श्रीमती सोनी सिन्धु रानीसँग सम्बन्ध विच्छेदका लागि मुद्दा हालेका हुन् । जुन अहिलेसम्म गुपचुप नै थियो । सिन्धु रानी भारतीय नागरिक हुन् । उनका दुई छोरी र एक छोरा छन् । राउतले फिरादपत्रमा सम्बन्ध विच्छेदको कारण पनि खुलाएका छन् ।

राउतले हालेको मुद्दामा श्रीमती सिन्धु रानी घरमा नबस्ने, माइत मात्र जाने उल्लेख गरेका छन् । आफूलाई छोडेर श्रीमती माइतमा बस्ने गरेको, सँगै बस्न नमानेको, घरपरिवार र बच्चाको रेखदेख नगरेकाले अंश दिएर सम्बन्ध विच्छेद गर्न चाहेको राउतले निवेदनमा जनाएका छन् । राउतले मुद्दा शीर्षक ‘अंश सम्बन्ध विच्छेद’ उल्लेख गरेका छन् । यसको अर्थ अंश दिएर वैवाहिक सम्बन्ध अन्त्य गर्न चाहेको भन्ने हुने कानुनका जानकार बताउँछन् ।

राउत प्रतिनिधि सभामा सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् । २०७९ मंसिरको प्रतिनिधि सभाको चुनावबाट उदाएको जनमत पार्टी एक वर्षमै राष्ट्रिय दल बन्न सफल भएको थियो । सप्तरीमा जन्मिएका राउतले पुल्चोक क्याम्पसबाट कम्प्युटर इन्जिनियरिङमा स्नातक गरेका हुन् । उनले बेलायतको क्याम्ब्रिज विश्व विद्यालयबाट विद्यावारिधि गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...