असोज ३ गतेसम्म काठमाडौं नछोड्न कांग्रेस-एमालेका सांसदलाई उर्दी, बचाउमा लागे प्रतिपक्ष दल

Indira rana

काठमाडौं । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाविरुद्ध लागेका सत्ता घटक दलहरुले आफ्ना सांसदलाई केही समय काठमाडौं नछाड्न धमाधम निर्देशन दिन थालेका छन् ।

यसैक्रममा नेपाली कांग्रेसले पनि पार्टीका सांसदहरुलाई असोज ३ गतेसम्म काठमाडौं नछाड्न निर्देशन दिएको छ । प्रमुख सचेतक श्याम घिमिरेले आज सूचना पठाउँदै काठमाडौंमै रहन भनेका हुन् ।

सोमबार बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख ईन्दिरा रानाको आचरण सही नभएको भन्दै हटाउने प्रस्ताव गरेका थिए । त्यहीअनुसार अहिले कांग्रेस एमालेले तयारी गरिरहेका राजीनामा मागिरहेका छन् ।

उपसभामुखले राजीनामा नदिए हटाउने प्रस्ताव लैजाने गठबन्धनको तयारी छ । त्यसैले कांग्रेसले मात्रै नभएर एमालेले पनि यसअघि नै सांसदहरूलाई ३ गतेसम्म काठमाडौं नछाड्न भनिसकेको छ ।

सत्तारुढ दलहरूले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने तयारी गरेका छन् । एमाले, कांग्रेससहितका सत्तारुढ दलका सांसदहरूले संसद सचिवालयमा उपसभामुख रानाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने तयारी गरिरहेका छन् । त्यसका लागि एमाले–कांग्रेसका सांसदहरूको हस्ताक्षर अभियान सुरु गरिएको छ ।

नेकपा एमालेले आफ्ना सांसदहरूलाई असोज ३ गतेसम्म काठमाडौँ नछाड्न सर्कुलर जारी गरेको छ । ‘पार्टीले असोज ३ गतेसम्म काठमाडौँ नछोड्न सांसदलाई सर्कुलर गरेको छ’, सर्कुलर पाएका एक नेताले भने, ‘उपसभामुखले अब राजीनामा दिएर मार्गप्रशस्त गरिदिँदा राम्रो हुन्छ ।

यता, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहित नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दलले भने उपसभामुखको बचाउमा लागेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...