संकटमा पत्रकार महासंघ : बहाना विपुल पोख्रेल, कारक पेशागत संगठन

Fnj nepal

काठमाडौँ । यतिबेला नेपाल पत्रकार महासंघ राजनीतिक हिसावमा निक्कै संकटमा परेको छ ।

नेपाली पत्रकारहरुको छाता संस्थाको रुपमा रहेको नेपाल पत्रकार महासंघको निर्वाचन आउनै लाग्दा अध्यक्ष विपुलपोख्रेलले राजीनामा दिएसँगै संकटमा परेको छ । यही असोज ५ गतेका लागि तेस्रो पटक निर्वाचन तोकिएकोमा एकाएक अध्यक्ष पोख्रेलको राजीनामा आएपछि राजनीतिक वृत्तमा समेत चर्चाको विषय बनेको छ ।

खासगरी चैतमा महाधिवेसन गरिएपछि पत्रकारमा राजीतिक संगठनहरुले सदस्यता सुद्धिकरणको विषयलाई मुख्य विषय बनाएका थिए । तर विभिन्न संगठनहरुले आफु नहुने देखेर यसैलाई बैशाखी बनाएका थिए । सोही कारण पनि पटकपटक निर्वाचन सर्दै आएको थियो ।

पछिल्लोपटक यही असोज ५ गते निर्वाचन तालिका सार्वजनिक गर्न अध्यक्ष पोख्रेलले निर्वाचन समितिलाई निर्देशनसमेत दिएका थिए । निर्वाचनको कार्यतालिका र सदस्यताको नामावलीको टुंगो लागउन आइतबार उपलब्ध पदाधिकारी र सदस्यहरुको बैठक बोलाइएको थियो । तर त्यो बैठकमा सदस्यता केही पदाधिकारी र सदस्यहरुले सदस्यताको विषयलाई लिएर असहमति जनाएका थिए भने केही पदाधिकारीहरुले समेत उपस्थितीमा हाजिर गरेका थिएनन् । यही कारण जनाउँदै अध्यक्ष पोख्रेलले राजीनामा दिएका हुन् ।

अध्यक्ष पोख्रेलले राजीनामा दिएपछि विभिन्न संघ संगठनहरुले पोख्रेलको राजीनामालाई लिएर आलोचना गरेका छन् । उनीहरुले पाख्रेलले निर्वाचन गराउन नसकेको भन्दै निकम्मा समेत भन्न भ्याएका छन् । तर यथार्थता भने अध्यक्ष पोख्रेल भन्दा पनि चुनावी तालमेल र गठजोडमिलाउन नसक्दा संगठनहरुले सदस्यता शुद्धिकरणको विषयलाई लिएर हलो अड्काउने काम गर्दै आएका थिए । अहिले पनि भागवण्डा नमिल्दा ती संगठनहरुले महासंघ नेतृत्वलाई गाली गर्दै आफु चोखो बन्ने प्रयत्न गरिरहेका छन् ।

नेकपा (एमाले) निकट प्रेस चौतारीले अध्यक्ष विपुल पोख्रेलले दिएको राजीनामा र त्यससँगै विकसित घटनाक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

पोख्रेलको राजीनामाको पछाडिका कारण र रहस्य समयक्रमसँगै उद्घाटित हुँदै जाने भन्दै चौतारीले कुनै पनि घटनाक्रमबाट प्रभावित नभई असोज ५ गते निर्वाचन सम्पन्न गर्ने गरी कार्यतालिका प्रकाशन लगायत आवश्यक सम्पूर्ण प्रक्रिया अगाडि बढाउन आग्रह गरेको छ ।

प्रेस युनियनले पनि त्यसरी नै भनेको छ । युनियनले त अध्यक्ष पोख्रेलले राजीनामा दिएर निर्वाचनको वातावरण तयार गर्न आग्रह गरेको छ । क्रियाशील पत्रकारहरुको साझा मोर्चाले त तदर्थ समिति गठन गरी निर्धारित समयमा निर्वाचन गर्न अपिल गरेको छ ।

यथार्थमा जसले जे भने पनि समयमै निर्वाचन हुन नसक्नु भनेको सदस्यता विवाद हो । सदस्यता विवाद पनि कसले जित्ने र हार्ने भन्नेमा अड्किएको छ । जिल्लादेखि केन्द्रसम्मले आफुु अनुकुल हुनेगरी सदस्यता काट्ने र थप्ने काम गर्दा जिल्ला जिल्लामा क्रियाशील सदस्यहरुको नाम हटाइएको थियो ।। यो पनि विवादको मुख्य कारण हो ।

अहिले सत्तारुढ दल निकटका प्रेस युनियन र प्रेस चौतारीबीच गठ बन्धन गर्ने भनिए पनि उम्मेदवार र भागबण्डा नमिल्दा चुनाव अनिश्चित जस्तै थियो । अहिले फेरि अध्यक्ष पोख्रेलले राजीनामा दिएपछि उनीहरुका मुद्दालाई किनारा लगाउने गतिलो हतियार बनेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अकोराबको अध्यक्षमा पुनः गिरी निर्विरोध निर्वाचित, को-को निर्वाचित भए ? (सुचीसहित)

Acorab news

काठमाडौं । देशभरीका सामुदायिक रेडियोको छाता संगठन (अकोराब नेपाल) को अध्यक्षमा अर्जुन गिरी पुनः नि...