फेसबुकले ‘मास रिपोर्ट’ र्कै भरमा हटायो बालेनको स्टाटस, ‘मास दबाव’ ले फर्कायो फेरि
काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहको पोष्ट फेसबुकले फिर्ता गरेको छ ।
एमाले लुम्बिनी प्रदेश सांसद रेखाकुमारी शर्मालाई लक्षित गर्दै लेखेको घरेलु बाल श्रमसम्बन्धी स्ट्याटसलाई फेसबुकले केही दिनअघि हटाइदिएको थियो । ‘मास रिपोर्ट’मा परेर आफ्नो पोस्ट हटेपछि बालेनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई दोष लगाएका थिए ।
बालेनले भने आफ्नो पोस्ट सरकारले हटाएको भन्दै प्रधानमन्त्री केपी ओलीविरुद्ध आक्रोशित बनेका थिए । बालेनको पोष्टमा रिपोर्ट गरेर हटाउन भूमिका खेलेको भन्दै बालेनका समर्थकले ओलीको फेसबुक पेजमा अनफलोको अभियाननै चलाएका थिए । यस क्रममा बालेन र ओलीका समर्थक एक आपसमा डिजिटल लडाईमा लागेका थिए ।
यस क्रममा बालेनका समर्थकले ओलीका करिब ७६ हजार फलोअर घटाइदिएका थिए । तर ५ लाख ८९ हजारमा झरेका ओलीका फलोअर अहिले बढेर ५ लाख ९३ हजार पुगिसकेका छन् । बालेनले फेसबुकमै लेखेर संघीय सरकारविरुद्ध आक्रोश पोखेपछि उनका समर्थकहरूले अनफलो अभियान चलाएका थिए ।
प्रतिकृया दिनुहोस