अस्मिता पौडेल भन्छिन्, ‘सँगै मर्न पहिला विष खाएको थिएँ, पेट पोल्न थालेपछि छोरीहरुलाई खुवाँए’

बन्दै गरेको नयाँ घरमा पानी नहालेको विषयमा भएको थियो श्रीमान श्रीमतिको विवाद

Xori hatya prakaran

विराटनगर । दुई जना छोरीको हत्या गरी फरार भएकी मोरङ सुन्दरहरैंचा–५ मालती टोलकी अस्मिता पौडेलले श्रीमानले बारम्बार मानसिक तनाव दिएका कारण आवेगमा आएर आफ्ना दुई सन्तानको हत्या गरेको स्वीकार गरेकी छन् ।

धनकुटाको पाख्रिवास नगरपालिका वठा नं. ५ घोर्लिखर्क स्थायी घर भई सुन्दरहरैँचा –७ मालती टोलमा अस्मिता र अर्जुन कार्कीले नयाँ घर बनाइरहेका थिए । अर्जुन गाडी चालक हुन् । उनी साँझ घर फर्केपछि अस्मितालाई बनिरहेको घरमा पानी किन नहालेको भनेर सोधपुछ गर्दा विवाद भएको थियो । सोही विवादका कारण अस्मिताले भदौ १४ आफ्ना दुई छोरी १ वर्षीय आइङ्का र ३ वर्षीय अर्पना कार्कीलाई घर नजिकैको केरा घारीमा लगेर विष खुवाएर हत्या गरेकी थिइन् ।

अस्मिताले ‘तेरा छोरी मारिदिइसकें, म पनि मर्छु’ भनेर मोबाइलमा म्यासेज पठाएको पति अर्जुनले बताएका थिए । अस्मिताले प्रयोग गर्ने मोबाइल नाबालिकाहरुको शव नजिकै फेला परेको थियो ।

‘विष खुवाएर छोरीलाई मारेपछि रातभर विक्षिप्त भएर जंगलतिर भौतारिएको पाइयो । भोलिपल्ट बेलबारीको खोसार्नेबाट गाडी चढेर बिर्तामोड पुगेको खुल्यो,’ मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले भने, ‘बिर्तामोडमा यतिका दिनसम्म जंगलको छेउ र बस्ती नजिक भौतारिएर विक्षिप्त मानसिकतामा हिँडेको भन्ने कुरा छ । मंगलबार राति चाहिँ १ जना शंकास्पद महिलाले स्थानीयको घरमा बास माग्दै हिँडेको जानकारी आएको थियो ।’

घटना भएको ५ पछि बुधबार पक्राउ परेकी अस्मिताले श्रीमान् अर्जुनले दिने तनाव थाम्न नसकेपछि आफू मर्न चाहेको उनले प्रहरीलाई बयान दिएकी छन् । आफू मरेपछि छोरीहरूको बिजोग हुने लागेर सँगै मर्न यस्तो काम गरेको उनले स्वीकारेकी छिन् ।

अस्मिताले प्रहरीलाई दिएको बयानमा पहिलो आफैँ विष खाएपछि छोरीहरूलाई खुवाएकी थिइन् । ‘सँगै मर्न पहिला विष खाएको थिँए, पेट पोल्न थालेपछि छोरीहरूलाई खुवाँए’, उनले भनिन्,‘रातदिन काट्छु र मार्छु मात्रै भनेपछि बाध्यताले यस्तो घटना गराउन पुगेँ ।’

उनले भदौ १४ गते नै छोरीहरुलाई विष खुवाएको प्रहरी समक्ष बयान दिएकी छन् । त्यसको भोलिपल्ट दुई छोरी केराबगानमा मृत फेला परेका थिए । नाबालिका मृत फेला परेको नजिकै सफाया भन्ने विषादीको बट्टा र अस्मिताको मोवाइल बरामद भएको थियो ।

सुन्दरहरैंचा–७ मालती टोलमा अस्मिता र अर्जुन कार्कीले नयाँ घर बनाइरहेका थिए । अर्जुन गाडी चालक हुन् । उनी साँझ घर फर्केपछि अस्मितालाई बनिरहेको घरमा पानी किन नहालेको भनेर सोधपुछ गर्दा विवाद भएको थियो ।

घरबाट दुई सन्तान च्यापेर निस्किएकी अस्मिताले उनीहरूलाई विष सेवान गराई फरार भएकी थिइन् । त्यही विवादपछि बेपत्ता अस्मिताले छोरीहरूको हत्यापछि आत्माहत्या गरेको आशंका गर्दै खोजिएको थियो । तर, उनी बिर्तामोडमा हिँडिरहेको अवस्थामा बुधबार बिहान फेला परिन् । लगतै मोरङ प्रहरी अस्मितालाई सार्वजनिक गरेको छ । प्रहरीले अस्मितालाई हातमा क्यानोला लगाएकै अवस्थामामा पत्रकार सम्मेलन गरि उनलाई सार्वजनिक गरेको हो ।

अस्मितालाई झापाबाट नियन्त्रणमा लिएर कोशी अस्पतालमा उपचारका लागि लगिएको छ । उनलाई झापाको बिर्तामोड नगरपालिका–५ स्थित पूर्वपश्चिम राजमार्ग छेउमा रहेको एभरेष्ट बैंकबाट बुधबार बिहान नियन्त्रणमा लिइएको मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले बताए । मोरङ प्रहरीले अस्मितालाई जिल्ला अदालत मोरङबाट कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धानका लागि चार दिनको म्याद थप गरेसँगै सार्वजानिक गरेको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

संकटमा पत्रकार महासंघ : बहाना विपुल पोख्रेल, कारक पेशागत संगठन

Fnj nepal

काठमाडौँ । यतिबेला नेपाल पत्रकार महासंघ राजनीतिक हिसावमा निक्कै संकटमा परेको छ । नेपाली पत्रकारह...