नेपाललाई पहिलोपटक पदक दिलाउने पलेसालाई गरियो नगरपरिक्रमा (फोटो फिचर)

Palesha gobardan nagarparikrama

काठमाडौं । पेरिस पारालिम्पिक्सअन्तर्गत पारा तेक्वान्दोमा नेपाललाई पहिलोपटक पदक ९काँस्य० दिलाउने पलेसा गोवर्धनसहितको पारा तेक्वान्दो टोली स्वदेश बुधबार बिहान स्वदेश आइपुगेको छ ।

टोलीलाई त्रिभुवन अनन्तरार्ष्ट्रिय विमानस्थलमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले स्वागत गरेका छन् । स्वदेश फर्किएको पारा तेक्वान्दो टोलीलाई नगरपरिक्रमा पनि गराइएको छ ।

परिक्रमा एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, शहीदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणमा पुगेर टुंगिएको थियो ।

पेरिसमा भएको पारालिम्पिक्समा के ४४ क्याटगोरी अन्तरगत महिला ५७ केजीमुनि प्रतिस्पर्धा गरेकी पलेशाले कांस्य पदक जितेकी थिइन् । यो नै नेपाली खेलाडीहरुले ओलम्पिकमा जितेको पहिलो पदक हो ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

संकटमा पत्रकार महासंघ : बहाना विपुल पोख्रेल, कारक पेशागत संगठन

Fnj nepal

काठमाडौँ । यतिबेला नेपाल पत्रकार महासंघ राजनीतिक हिसावमा निक्कै संकटमा परेको छ । नेपाली पत्रकारह...