झरनामा नुहाउने क्रममा बेपत्ता भएका २ जना मृत भेटिए, २ जना सकुशल

Arghakhach ijharana

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका -१४ मा बगेको झरनामा नुहाउने क्रममा बेपत्ता भएका २ जना मृत भेटिएका छन् ।

मंगलबार दिउँसो शितगंगा नगरपालिकामा पर्ने सिमलपानीको छहरा झरनामा फोटोरभिडिओ खिच्दै गर्दा खोलाले बगाएका चार जनामध्ये दुई जना मृत फेला परेका हुन् ।

कपिलवस्तुको बाणगंगा नगरपालिका–२ का २८ वर्षीय उमेश पौडेल र २३ वर्षीय किशोर रास्कोटी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी प्रतीत सिंह राठोरले बताए । सोही ठाउँका २० वर्षीय आशिष घिमिरे र ३२ वर्षीय अमृत बेल्बासे भने सकुशल भेटिएका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...