ओली र देउवाविरुद्ध टुँडीखेलमा नारा लगाउनेहरु ९ हजार धरौटीमा छुटे

Tudikhel hulhujjat

काठमाडौं । काठमाडौंको टुँडीखेलमा सोमबार आयोजना गरेको गौरा पर्वमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाविरूद्ध नाराबाजी गर्ने ३ जना युवाहरू धरौटीमा छुटेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासमेत उपस्थित कार्यक्रममा नेताहरूको विरुद्धमा नाराबाजी गरेको आरोपमा प्रहरीले तीनजना युवाहरूलाई पक्राउ गरेको थियो । नाराबाजी गरेको आरोपमा उनीहरुलाई सार्वजनिक शान्ति विरुद्दको कसुरमा मुद्दा चलाइएको थियो ।

सुर्खेत घर भएका ३४ वर्षीय गोपीराम जैसी, अछाम घर भएका २५ वर्षिय रेम्बो बुढा भनिने रामबहादुर बुढा र कञ्चनपुर घर भएका दिपक सिंह ठगुन्ना पक्राउ परेका थिए । उनीहरूलाई पक्राउ गरेपछि सरकारको चौतर्फी विरोध भएको थियो ।

उनीहरू सबैलाई शुक्रबार जनही ९ हजार धरौटी राखेर रिहा गरिएको काठमाडौँ प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

प्याजेन्ट नेपालद्धारा मल्ल होटलमा तीज महोत्सव आयोजना

Jit mahotsab

काठमाडौं । नेपाली नारीहरुको पर्व हारितालिका तीज नजिकिँदै गर्दा विभिन्न कार्यक्रमहरु भइरहेका छन् ।...