साफ यू–२० च्याम्पियनसिप : घरेलु मैदानमा नेपाल स्तब्ध, बंगलादेशले उचाल्यो ट्रफी

Bangaladesh nepal game

काठमाडौं । बंगलादेशी टोलीले नेपाल आएर चौथो पटक उपाधि जितेर उत्साही बनेको को छ । दुई पटकको च्याम्पियन नेपाललाई स्तब्ध पार्दै बंगलादेशले साफ यू–२० च्याम्पियनसिपको उपाधि जितेको छ ।

सन् २०१८ मा साफ यु -१५ को उपाधि जितेको बंगलादेशको सिनियर महिला टोलीले २०२२ मा साफ महिला च्याम्पियनसिपको उपाधि जितेको थियो भने
साफ महिला च्याम्पियनसिपको फाइनलमा पनि नेपाल बंगलादेशसँग ३-१ ले नै पराजित भएको थियो । यस्तै २०२४ मै नेपालमा भएको साफ यु -१५ च्याम्पियनसिपको उपाधि पनि बंगलादेशले जितेको थियो ।

नेपालको मैदानमा चौथोपटकको जित साफ यू–२० च्याम्पियनसिपको उपाधी जितसहितको हो । साफ यू–२० च्याम्पियनसिपमा भने बंगलादेशको पहिलो उपाधि हो । सन् २०१७ मा नेपालसँग हेड टू हेडमा पछि पर्दै बंगलादेश उपविजेता बनेको थियो भने सन् २०१९ र २०२२ को फाइनलमा भारतसँग पराजित हुँदै उपविजेतामा सीमित भएको थियो । योपटक भने उपाधि जितेको छ ।

पहिलो उपाधि हात पार्न बंगलादेशले घरेलु टोली नेपाललाई ४–१ गोल अन्तरले हराएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा बंगलादेशले पहिलो हाफको इजुरी टाइममा अग्रता लिएको थियो । डि बक्स बाहिर पाएको फ्रिकिकमा मिराजुलले सोझै गोल गरे । दोस्रो हाफमा नेपालले आक्रामक खेल खेलेको थियो । तर गोल भने बंगलादेशले गर्‍यो । ५५ औं मिनेटमा मिराजुलले दोस्रो गोल गरेका हुन् । खेलको ७१ औं मिनेटमा रवि हुसेनले गोल गरे ।

नेपालका लागि सान्त्वना गोल समिर तामाङले गरे । उनले ८१ औं मिनेटमा गोल गरे । खेलमा फर्किने प्रयासमा रहेको नेपालले १० मिनेट इन्जुरी टाइममा गोलका केही प्रयास पनि गरेको थियो । तर ९६ औं मिनेटमा बंगलादेशले नै गोल गर्दै जित सुनिश्चित गर्‍यो ।

एकै समूह चरणमा रहेको नेपालले बंगलादेशलाई २–१ ले हराउँदै समूह विजेता बनेर सेमिफाइनल खेलेको थियो । तर फाइनलमा भने नेपाल बंगाली टोलीसँग पराजित भयो। फाइनलमा नेपाललाई घरेलु मैदानमा पराजित गर्दै बंगाली टोलीले समूह चरणमा भोगेको हारको बदला समेत लिएको छ ।

नेपालले यसअघि दुई पटक उपाधि जितेको थियो र तेस्रो पटक च्याम्पियन बन्दै उपाधिमा ह्याट्रिक गर्ने लक्ष्य राखेको थियो । तर सफल हुन सकेन । खेलको पहिलो हाफमा नेपालले गोल गर्ने केही अवसर बनाए पनि सदुपयोग गर्न सकेन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

संकटमा पत्रकार महासंघ : बहाना विपुल पोख्रेल, कारक पेशागत संगठन

Fnj nepal

काठमाडौँ । यतिबेला नेपाल पत्रकार महासंघ राजनीतिक हिसावमा निक्कै संकटमा परेको छ । नेपाली पत्रकारह...