गोलकिपर जियारथ शेख चम्किदाँ नेपाल पुग्यो साफ यु -२० च्याम्पियनसिपको फाइनलमा

Nepali goalkipper nepal vs bhutan cover

काठमाडौं । नेपालले भुटानलाई टाई ब्रेकरमा हराउँदै नेपाल यू -२० साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

नेपाल समूह ‘ए’ विजेताका रूपमा सेमिफाइनल पुगेको हो । यस्तै भुटान भने समूह ‘बी’ विजेता हुँदै अन्तिम चारमा पुगेको हो । अब नेपालले दोस्रो सेमिफाइनल विजेताको सामना गर्नेछ । त्यसमा डिफेन्डिङ च्याम्पियन भारत र बंगलादेश सोमबार भिड्दै छन् ।

आइतबार एन्फा कम्प्लेक्समा पेनाल्टी सुटआउटमा भुटानलाई ४-१ गोलले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो । निर्धारित ९० मिजेट १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो । नेपालका गोलिकपर जियारथ शेखले भुटानका दुई पेनाल्टी बचाउँदै नायक बने ।
नेपालले ७८ औं मिनेटमा बराबरी गोल फर्काउन सफल रह्यो । लछु थापाको लामो पासलाई हेड गर्दै नीराजन धामीले गोल गरेका थिए । त्यसअगाडि भुटानका किङजाङ तेन्जिन दोहोरो पहेँलो कार्ड खाँदै मैदान छाडेपछि टिम १० खेलाडीमा सीमित भएको थियो ।

पेनाल्टी सुटआउटमा नेपालका लागि राम थापा, अविनाश स्याङ्गतान, सिमान्त थापा, र जियारथ शृखले गोल गरे । भुटानका लागि जेत्सुन दोर्जीले मात्र गोल गरे । फाइनल बुधबार हुनेछ ।

नेपाललाई फाइनल यात्रामा लैजाने क्रममा गोल किपर जियारथ शेख नायक सावित भए । उनले पेनाल्टी सुटआउटका क्रममा भुटानका दुई प्रहार रोक्न सफल भए । नेपालका सबै चार प्रहारले जाली चुमेको थियो ।

फाइनलमा पुगेपछि नेपाली युवा टोलीका सदस्यहरू मैदानमै खुसीले झुमे । भुटानविरुद्ध आशातित गतिलो प्रदर्शन गर्न नसके पनि नेपाली टोलीले फाइनल यात्रा तय गरेको छ । फाइनलमा पुगेपछि सातदोबाटोस्थित मैदानमै नेपाली टोलीका सदस्य र अफिसियलहरूले खुसी साटे ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

संकटमा पत्रकार महासंघ : बहाना विपुल पोख्रेल, कारक पेशागत संगठन

Fnj nepal

काठमाडौँ । यतिबेला नेपाल पत्रकार महासंघ राजनीतिक हिसावमा निक्कै संकटमा परेको छ । नेपाली पत्रकारह...