रामेछापको टोकरपुर लेकखर्कमा पहिरो : २ जनाको मृत्यु, ८ जना वेपत्ता

Ramechhap doramba landslide

रामेछाप । रामेछापको शैलुङ्ग गाउँपालिका ३ लेखर्क पहरीगाउँमा गएराति आएको पहिरोले ३ वटा घर बगाउँदा २ जनाको मृत्यु भएको छ ।

पहिरोमा परेर ८ जना बेपत्ता भएका छन् । पहिरोमा परेका एक जना बालकले भागेर ज्यान जोगाएका छन् । पहिरोमा परेर मृत्यु भएका २ जनाको शव पहिरोबाट निकालिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डीएसपी प्रदीपकुमार सिंहले जानकारी दिए । मृत्यु हुनेमा एक जना बालक रहेका छन् ।

आज बिहान ३ः३५ बजे पहिरोले गाउँमा क्षति पुर्‍याएको छ । त्यसअघि नै टोकरपुर र दोरम्बाबाट प्रहरीको टोली घटनास्थल प्रस्थान गरेको थियो । तर बाटोमा पर्ने अँधेरी खोलाको पुल पनि भत्किएकाले प्रहरीहरु घटनास्थल पुग्न ढिलो भएको थियो । घटनास्थल रामेछाप सदरमुकाम मन्थलीबाट झण्डै ५० किमी टाढा पर्छ ।

अहिले जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रदीपकुमार सिंह सहितको टोली पनि घटनास्थल प्रस्थान गर्दै छ । ‘पहिरोले ३ वटा घर पूर्णरुपमा र एउटा घरमा आंशिक क्षति गरेको छ,’ जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी इन्सपेक्टर कौशल न्यौपाने भने, ‘आंशिक क्षति भएको घरबाट ३० वर्षीया चण्डीका श्रेष्ठ र १८ महिने बालक आमुस श्रेष्ठको शव फेला परेको हो । सोही घरबाट अर्का एक जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ । घाइतेको घटनास्थल नजिकै चिकित्सकको टोलीले उपचार सुरु भइसकेको छ ।’

केही व्यक्तिहरु बेपत्ता छन् । स्थानीयले ३ घरका सबै बेपत्ता भएका भनेर जानकारी गराएका छन् । पहिरो गएको गाउँ जानेबाटो वर्षाले क्षति गरेकाले उद्धारमा कठिनाइ भएको स्थानीयले बताएका छन् ।

पहिरोले ४ वटा घर र दोरम्बा गाउँपालिका वडा नम्बर ३ र २ को बीचमा रहेको पक्की पुल पनि बगाएको छ । पहिरो गएपछि त्रासले टोकरपुरबासी रातभर जागै बसेका थिए । गएरातिको वर्षापछि पहिरो जाँदा वडा नम्बर १, २ र ३ का स्थानीय प्रभावित भएका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...