मर्स्याङ्दीमा बस दुर्घटना अपडेट : २७ जना भारतीय पर्यटकको मृत्यु, मृतकको पोखरामा पोस्टमार्टम

Aabukhaireni bus accident

काठमाडौं । तनहुँको आँबुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेको भारतीय बस दुर्घटनामा परेर २७ जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार, आँबुखैरेनी अस्पतालले २३ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

अरु तीन जनाको शव घटनास्थलबाट आँबुखैरेनी अस्पतालतर्फ लगिँदैछ । उनीहरुको शव बसमुनिबाट निकालिएको हो । एक जना घाइतेको चितवन मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको छ ।

बाँकी १६ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत त्रिवि शिक्षण अस्पताल ल्याइएको छ । उनीहरुको उपचार भइरहेको छ । बसमा ४३ जना रहेकोमा ४३ जनाकै अवस्था पत्ता लागिसकेको प्रहरीले जानकारी दिएको छ । उनीहरू बसेको पोखराको मझेरी रिसोर्टले प्रहरीलाई दिएको जानकारी अनुसार, बसमा ४१ यात्रुसहित चालक र सहचालक गरी ४३ जना सवार थिए ।

उनीहरू भारतको गोरखपुरबाट २ दिनअघि पोखरा आएका थिए । ८ दिनको पास लिएर नाकाबाट छिरेका उनीहरू दुई दिन पोखरा बसेर शुक्रबार बिहान काठमाडौँका लागि हिँडेका थिए । सो क्रममा आँबुखैरेनीमा दुर्घटनामा परेका थिए ।

यता, मृत्यु भएका भारतीय नागरिकको पोखरामा पोस्टमार्टम गरेर परिवारलाई शव बुझाइने भएको छ । तनहुँको दमौलीमै पोस्टमार्टम हुने भए पनि भारतीय दूताबासको आग्रहमा पोखरामा पोस्टमार्टम गर्न लागिएको हो ।

पोखरा भारतीय दूताबासको कन्सुलर कार्यालय रहेकाले पनि उनीहरुले ल्याउन चाहेको बताइएको छ । मृत्यु हुनेहरु सबै भारतीय नागरिक भएका कारण अहिले केहीबेरअघि नेपालस्थित भारतीय दूतावासका प्रतिनिधि आँबुखैरेनी पुगेका छन् ।

र यो पनि ...

मर्स्याङ्दी अपडेट : १४ जनाको निकालियो शव, १६ जना घाइतेको उद्धार

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आजदेखि निर्वाचन आचारसंहिता लागू, को कसलाई लागू हुन्छ आचारसंहिता ?

Election acharsanghita

काठमाडौं । आगामी यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता ल...