मर्स्याङ्दी अपडेट : १४ जनाको निकालियो शव, १६ जना घाइतेको उद्धार

Aabukhaireni bus accident

तनहुँ । तनहुँको आँबुखैरेनीमा भएको बस दुर्घटनामा १४ जनाको शव निकालिएको छ । सो बसमा ४१ जना भारतीय यात्रु थिए ।

आँबुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङ्दी नदीमा पोखराबाट काठमाडौँ हिँडेको यूपी ५३ एफडी ७६२३ नम्बरको भारतीय बस दुर्घटना भएको थियो । सो दुर्घटनामा परेर अहिलेसम्म १४ जनाको शव भेटिएको र १६ जना घाइतेको उद्धार गरिएको कास्कीका प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए । सो बसका यात्रुहरु भारतको गोरखपुरबाट आएको प्रहरीले जनाएको छ ।

दुर्घटनास्थलमा पुगेका आबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानले क्षतिको बारेमा एकिन नभएको र अहिले उद्धार कार्य जारी भएको बताए । उनले भने, ‘बस भिरालो ठाउँमा खसेको छ । उद्धारमा समेत कठिनाइ भइरहेको छ ।’

पोखराको मझेरी रिसोर्टमा बसेर यात्रुहरू बिहानै काठमाडौँतिर लागेका थिए । उनीहरु भदौं ५ गते मात्रै पोखरा आएका थिए । उक्त होटलमा थप विवरण बुझ्नका लागि अहिले प्रहरी टोली पुगेको छ । अहिले पनि उद्धार कार्य जारी छ ।

सो बसलाई ठूलो ढुङ्गाले अड्काउँदा बस मर्स्याङ्दी नदीमा डुब्नबाट जोगिएको एक प्रत्यक्षदर्शीले बताएका छन् । बस खसेको केही क्षणमै त्यहाँ पुगेका लमजुङका सुरेन्द्रमान घलेका अनुसार पोखराबाट मुग्लिङतर्फ गइरहेको बस बाटोको छेउमा रहेको सिमेन्टको छेकबार भत्काउँदै मर्स्याङ्दी नदीमा खसेको थियो ।

‘म काठमाडौँबाट लमजुङतर्फ जाँदै थिएँ, पोखराबाट आउँदै गरेको बस भर्खर खसेको रहेछ’, पर्यटन व्यवसायमा संलग्न घलेले भने, ‘बाटोको छेउमा रहेको सिमेन्टको छेकबारलाई समेत बसले भत्काएको देखियो ।’

र यो पनि ...

तनहुँको ऐनापहरा नजिक मर्स्याङ्दीमा खस्यो बस, बसमा सवार यात्रुहरु भारतीय

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आजदेखि निर्वाचन आचारसंहिता लागू, को कसलाई लागू हुन्छ आचारसंहिता ?

Election acharsanghita

काठमाडौं । आगामी यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता ल...